ए डिभिजन लिगमा आज तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज एपीएफ र थ्री स्टार क्लब, चर्च ब्वाइज युनाइटेड र जावलाखेल तथा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

एपीएफ र थ्री स्टार क्लबबीचको खेल दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुनेछ । जारी लिगमा एपीएफ २३ खेलबाट २९ अङ्कका साथ आठौँ स्थानमा छ । यस्तै २७ अङ्क भएको थ्री स्टार ११औँ स्थानमा छ ।

यसैगरी, त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबबीचको खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ । अहिलेसम्म आर्मी ३० अङ्क जोडेर लिग तालिकाको छैटौँ स्थानमा छ भने सातदोबाटो २९ अङ्कसहित नवौँ स्थानमा छ ।

यस्तै, आजै दशरथ रङ्गशालामा साँझ ६ बजे हुने खेलमा चर्च ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लब भिड्ने छन् । शीर्ष स्थानमा रहेको चर्च ब्वाइजको ४१ अङ्क छ भने तेस्रो स्थानमा रहेको जावलाखेलको ३७ अङ्क छ ।  

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ७ : १८ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई