सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान « Khabarhub

सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वालिङ – स्याङ्जाको पुतलीबजार-१४ सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु गरिएको छ।

जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौँ कोटबाट बिहीबार परीक्षण उडान गरिएको हो। सतौँ कोटमा ‘टेकअप प्वाइन्ट’ बनाइएको छ भने आँधीखोलाको किनारमा ‘ल्याण्डिङ प्वाइन्ट’ सम्याउने काम गरिएको छ। सतौँ कोटबाट उडेर पुतलीबजार-१० को राङखोला–११ को गैरीजाँगर र राङखोला–१३ को चारखुट्टे पुलको मुखमध्ये कुनै एक ठाउँमा अवतरण गर्न सकिन्छ।

बाबु अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ स्कुल, बाबु एडभेञ्चर क्लब, रोडसाइड प्याराग्लाइडिङको प्राविधिक व्यवस्थापन, पुतलीबजार नगरपालिका र स्थानीय चण्डीकालिका सुव्यवस्था समितिको व्यवस्थापन तथा सहयोगमा पूर्वाधार निर्माण गरी परीक्षण उडान गरिएको बाबु एडभेञ्चर क्लबका अध्यक्ष जङ्ग केसीले बताए। “सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ”, उनले भने, “यसको प्रचारप्रसार र व्यवस्थापनमा जोड दिई क्रमशः व्यावसायिक उडानको तयारी गर्ने छौँ।”

सतौँ कोटमा प्याराग्लाइडिङको सम्भावना देखेर परीक्षण उडान गरिएको र सफल भएसँगै व्यावसायिक उडानतर्फको तयारी थालिएको उनले बताए। जिल्लामै सञ्चालनमा रहेका कम्पनी तथा बाहिरी कम्पनीले पनि यहाँबाट व्यावसायिक उडान गर्न सक्नेछन्। ‘टेकअप’ र ‘ल्याण्डिङ’ प्वाइन्ट सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, राम्रो हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यले मनमोहक भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्नेको सङ्ख्या बढ्ने उनको विश्वास छ।

पर्यटकीय नगरी पोखराबाट एक घण्टाको दूरीमा रहेको यस स्थानबाट ‘स्लो र टेण्डम’ दुवै किसिमको उडान गर्न सकिन्छ। जिल्लाका अन्य भागमा पनि प्याराग्लाइडिङ गर्न सकिने प्रशस्तै सम्भावनाका ठाउँ भएर पनि सञ्चालनमा आउन सकेका छैनन्। प्याराग्लाइडिङको प्रचुर सम्भावना बोकेका ठाउँको पहिचान गरी पोखराको विकल्पका रुपमा अगाडि बढाउन सकिने सम्भावना देखिन्छ। “प्याराग्लाइडिङ सञ्चालनका दृष्टिले प्रचुर सम्भावना भएका स्थान जिल्लाका विभिन्न ठाउँमा छन्”, उनले भने, “प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पहिचान गराउन सकेको खण्डमा राम्रो आम्दानी गर्न सकिने आधार छन्।”

सरोकारवालाको समयमै ध्यान पुग्न नसक्दा प्रचुर सम्भावना भएका स्थान ओझेलमा पर्दै गएका छन्। स्याङ्जामा यसअघि अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ प्रतियोगितासमेत सञ्चालन भएको थियो।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ७ : २८ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको