ओडिशा रेल दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी « Khabarhub

ओडिशा रेल दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

ओडिशा- ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ ।

बेंगलुरु-हावडा एक्सप्रेस र शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेस – र बालासोरमा मालबाहाक रेल दुर्घटना भएको दक्षिण पूर्वी रेलवेले शनिबार जनाएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार २३८ जनाको मृत्यु भएको छ भने लगभग ६५० घाइते भएका छन् ।

घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा  उपचार भइरहेको छ ।   सर एम विश्वेश्वराया (बेंगलुरु)–हावडा एक्सप्रेसले १२ ८६४  जना यात्रु बोकेको थियो भने सुपरफास्ट एक्सप्रेसले १००० यात्रु लिएर हावडातर्फ गइरहेको थियो । त्यसै गरी  करिब २०० यात्रु बोकेको एउटा विशेष ट्रेन दुर्घटनामा फसेको र अहिले बालासोरबाट हावडाको लागि  प्रस्थान गर्दै छ ।

खड्गपुर स्टेसनमा यात्रुहरूलाई पानी, चिया र खानाका प्याकेटहरू उपलब्ध गराइँदै छ। हावडा जाने बाटोमा रहेको बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेसका थुप्रै डिब्बा पटरीबाट खसेर नजिकैको ट्र्याकमा  अड्केका छन् ।

शालिमार-चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस समानान्तर ट्र्याकमा विपरीत दिशाबाट आउँदै गरेको डिब्बामा ठोक्किएको थियो।कोरोमण्डल एक्सप्रेस कोच पटरीबाट खसेर तेस्रो ट्र्याकमा रहेको स्टेशनरी मालगाडीमा ठोक्किएको बताइएको छ ।

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर उद्धार कार्यको निरीक्षण गरेका छन् ।

घटनाको उच्च स्तरीय छानबिन आयोग गठन गरेर छानबिन गरिने र रेल सुरक्षा आयुक्तले पनि स्वतन्त्र छानबिन गर्ने, वैष्णवले बताएका छन् ।

रेलवे प्रवक्ता अमिताभ शर्माका अनुसार शुक्रबार साँझ ७ बजे उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ११ : ४२ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित