अभिताभ-जयाको विवाहको ५० वर्ष पुरा « Khabarhub

अभिताभ-जयाको विवाहको ५० वर्ष पुरा


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अमिताभ बच्चन र जया बच्चनको विवाहको ५० वर्ष पूरा भएको छ । दुवैले ३ जुन १९७३ मा एकअर्कासँग जीवन  गुजार्ने वाचा गरेका थिए । एकअर्कालाई दिएको वाचा पूरा गर्दै आज उनीहरूले सँगै ५० वर्ष पूरा गरेका छन् । सो अवसरमा छोरी श्वेता नन्दले दुवैलाई शुभकामना दिँदै सफल वैवाहिक जीवनको रहस्य पनि सुनाएकी छिन । 

श्वेताले इन्स्टाग्राममा सेयर गरेको तस्वीरमा दुबै जना निकै मासूम र क्यूट देखिएका छन् । विशेषगरी जया बच्चनको सरल शैलीले फ्यानलाई पुराना दिनको याद दिलाइरहेको छ । श्वेताको यो पोस्टमा फ्यान बाहेक सबै सेलिब्रेटीले पनि कमेन्ट गरेका छन् र उनलाई विवाहको वर्षगाँठको शुभकामना दिएका छन् ।

पहिलो भेट कहिले भयो ?

जया बच्चन र अमिताभ बच्चनको पहिलो भेट सन् १९७० मा भएको थियो । त्यतिबेला जया सुपरस्टार बनिसकेकी थिइन् र अमिताभ भने संघर्षरत थिए । जयाले उनलाई पुणे फिल्म इन्स्टिच्युटमा देखेकी थिइन् । त्यहाँ पुगेका बिग बी फिल्म निर्माता के अब्बास र केही अन्य कलाकार पनि उनीसँगै थिए । आफ्नो अग्लो कद र व्यक्तित्वका कारण अमिताभ जयाको नजरमा आए तर कुरा त्यहीँ रह्यो ।

जयाको तस्बिर ग्लोसी म्यागजिनमा छापिएको थियो । जब अमिताभको आँखा पर्यो, उनी हेरिरहे । जयामा उनले त्यही केटी देखे जसको बारेमा उनी सोच्थे । परम्परागत र आधुनिक मूल्यहरूको पूर्ण सन्तुलनका साथ जया बिग बीको हृदयमा प्रवेश गरिन्। उनीहरूको औपचारिक भेटको श्रेय ऋषिकेश मुखर्जीलाई जान्छ । उनले दुवैलाई ‘गुड्डी’ का लागि एकसाथ ल्याएका थिए र यहीँबाट उनीहरूको मित्रता सुरु भयो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  २ : १७ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ