रास्वपा मध्यपुर थिमिको सभापतिमा मानन्धर « Khabarhub

रास्वपा मध्यपुर थिमिको सभापतिमा मानन्धर


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमी नगर भेलाले कार्यसमिति चयन गरेको छ ।

समितिको सभापतिमा न्हुछेंकाजी मानन्धर निर्वाचित भएका छन् ।  शनिबार मध्यपुर थिमीमा भएको नगर भेलाबाट मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

नगर समितिको उपाध्यक्षमा स्मृति भटटराई, सचिवमा मुशरी नेपाल र कोषाध्यक्षमा समिर पौडेल निर्वाचित भएका छन् । सदस्यहरूमा गुन्जना ढुंगाना, आराधना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेशराज बुद्धचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजाति चुनिएका छन् । 

यसअघि भेलाको उद्घाटन पार्टीका उपनेता विराजभक्त श्रेष्ठले गरेका थिए । सो भेलामा पार्टी संसदीय सचेतक सन्तोष परियार, जिल्ला सभापति रामेश्वर बस्नेतलगायतले समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राखेका थिए । 

पार्टीको हालसम्म जिल्ला समिति, चाँगुनारायण र सूर्यविनायक नगरसमित र अहिले मध्यपुर नगर समिति गठन भएको हो । अब भक्तपुर नगरपालिका नगर समिति मात्रै गठन गर्न बाँकी छ । यसको लागि पनि तयारी भइरहेको पार्टीले जनाएको छ । 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ४ : १० बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको