भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने « Khabarhub

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।

सूर्यविनायक नगरपालिका–४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद विकास समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक पेशल आचार्यले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । त्यसैगरी, दोस्रो हुने टोलीलाई रु २५ हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरका २० टोली सहभागी हुने बताइएको छ ।

समाजका अध्यक्ष अर्जुन केसीले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिवर्तनका लागि सहयोग पुग्ने अपेक्षाका साथ भलिबल प्रतियोगिता गर्न लागिएको बताए । 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ५ : ०३ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि