आरडी प्रभास चटौतको अभिनन्दन ग्रन्थ लोकार्पण « Khabarhub

आरडी प्रभास चटौतको अभिनन्दन ग्रन्थ लोकार्पण


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ । एनडी प्रकास चटौत स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्त रुपमा उक्त कृति सार्वजनिक गरेका हुन् ।

पुस्तकमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले पु¥याएको योगदान र व्यक्तित्वबारे समाजका विभिन्न विधामा ख्याति कमाएका विद्वान विदुषिका धारणा समेटिएको छ । पुस्तकमा वरिष्ठ कवि एवं साहित्यकार केदारनाथ व्यथित, माधवप्रसाद घिमिरे, मोहन कोइराला, इश्वर बल्लभ, चूडामणि बन्धु, तारानाथ शर्मा, भुवन ढुङगाना, प्राध्यापक आनन्ददेव भट्ट, प्रा डा खगेन्द्र लुइँटेल, प्रा डा माधवप्रसाद पोखरेल, प्रा महादेव अवस्थी, सिद्धिचरण श्रेष्ठ, प्रा शिवगोपाल रिसाल, सूर्यविक्रम ज्ञावली र रमा शर्माबाट विभिन्न अवसरमा प्रदान गरेको शुभकामना सन्देश तथा धारणा समावेश छन् ।

विसं २००६ बाट नेपाली साहित्यको उन्नयनमा निरन्तर अतुलनीय योगदान दिँदै आएका श्रष्टा चटौत आजै ८८ वर्ष प्रवेश गरेकाले उनलाई कार्यक्रममा अभिनन्दनसमेत गरियो । पुस्तकमा उनले सुदूरपश्चिमको डोटी क्षेत्रका चारपुस्ता अघिदेखिका भाषा, साहित्य र संस्कृतिसम्बन्धी सङ्कलन गरिएका तथ्य एवं तथ्याङ्क प्रस्तुत गरेका थिए ।

डा पुष्पराज भट्ट प्रधान सम्पादक रहेको उक्त कृतिमा एक सय ७८ लेख समेटिएका छन् । पुस्तक लोकार्पण गर्दै आयोगका अध्यक्ष मगरले अहिलेको भौतिकवादी संसारमा हराइरहेका भाषा, साहित्य, संस्कृति र शब्दको कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको बताए ।

उनले भने, “कवि र साहित्यकारले आफूले चाहेअनुसारको काव्य संसार निर्माण गर्छन, आध्यात्मले पुनःजीवनको कल्पना गरे पनि विज्ञानवादीले पुनःजीवनलाई स्वीकार्दैन ।” वरिष्ठ साहित्यकार तुलसी दिवसले चटौतले डोटेली भाषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन तथा दुर्गम क्षेत्रमा रही नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पु¥याएको उल्लेख गरे ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ६ : १४ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप