सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो विजयी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो विजयी


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेन्कले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । समान खेल खेलेको आमीको ३० अंक रहेको छ । त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । 

 थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा सब्सिच्युड खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ  । एपीएफले पनि २४ खेलमा ३० अंक जोडेको छ ।

 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ६ : १५ बजे

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका