सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो विजयी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो विजयी


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेन्कले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । समान खेल खेलेको आमीको ३० अंक रहेको छ । त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । 

 थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा सब्सिच्युड खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ  । एपीएफले पनि २४ खेलमा ३० अंक जोडेको छ ।

 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ६ : १५ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने