विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज जेठ २०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ओडिशामा रेल दुर्घटना :  मृतकको संख्या २८३ पुग्यो
ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ।

प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् ।

भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनाबाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच चर्चामा आएको छ । किनभने, रेल मन्त्रालयले गत वर्ष कवाच प्रविधिको परीक्षण गरेको थियो।

यो प्रविधिले शून्य दुर्घटनाको लक्ष्य हासिल गर्न मद्दत गर्ने रेलवेको दाबी छ। यसबाट सिग्नल जम्प गर्दा ट्रेन स्वतः रोकिनेछ। तर, यो प्रविधि देशभर जडान गरे पछि ५० लाख रुपैयाँ प्रतिकिलोमिटर लाग्नेछ, त्यसैले यो महँगो पनि छ । जानकारीका अनुसार यो प्रणालीले हेड अन कोलिजन, रियर एन्ड कोलिजन र सिग्नल ह्याजार्ड जस्ता तीन अवस्थामा काम गर्छ।

कबचले ब्रेक फेल भएको अवस्थामा ब्रेकको स्वचालित अनुप्रयोगद्वारा ट्रेनको गतिलाई नियन्त्रण गर्दछ। यसले उच्च फ्रिक्वेन्सी रेडियो कम्युनिकेसन प्रयोग गरेर गतिको जानकारी दिन्छ । जुन एसआईएल अनुसार नै सुरक्षा प्रमाणनको उच्चतम स्तरबाट काम गर्छ । प्रत्येक ट्र्याकको लागि ट्र्याक र स्टेशन यार्डमा आरएफआईडी ट्यागहरू दिइन्छ, जसले ट्र्याक, ट्रेनहरूको स्थान र ट्रेनको दिशा पहिचान गर्न संकेतहरू दिन्छ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उडिसा रेल दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले यो दुर्घटनाबाट आफू दुखी भएको बताउँदै रेल मन्त्री अश्विनी वैष्णवसँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको बताएका छन्।

‘म ओडिशामा भएको रेल दुर्घटनाबाट दुखी छु। दुखको यस घडीमा शोक सन्तप्त परिवारसँग मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना।’ मोदीले लेखेका छन्।

इमरान खानको जमानत लम्बियो
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान शुक्रबार आतंकवाद विरोधी अदालत ९एटीसी० मा हाजिर भएका छन्।

अदालतले लाहोरको कोर्प्स कमाण्डर हाउसमा भएको हमलालगायत तीनवटा मुद्दामा उनको अग्रिम जमानत जुन १३ सम्म बढाएको छ।

खान कडा सुरक्षाबीच एटीसी लाहोरमा हाजिर भएका थिए। उनले आफ्नो ज्यानमा गम्भीर खतरा रहेको अदालतमा दोहोर्‍याएका छन्।

पीटीआई कार्यकर्ता जिले शाहको हत्या मुद्दामा आफ्नो जमानतको म्याद थप गर्न पीटीआई पार्टीका अध्यक्ष खान लाहोर उच्च अदालतमा उपस्थित भएका थिए। उक्त मुद्दामा उच्च अदालतले उनको जमानत जुन १३ गतेसम्म थप गरेको छ।

‘न्यायाधीश एजाज अहमद बुट्टरले जिन्ना हाउस भनेर चिनिने लाहोर कोर्प्स कमाण्डर हाउसमा भएको आक्रमणसँग सम्बन्धित मुद्दामा किन तपाईंमाथि अनुसन्धानमा सामेल गराउन मिल्दैन रु भनेर प्रश्न गरेका थिए,’ अदालतका एक अधिकारीले भने।

तर, जवाफमा खानले आफ्नो ज्यान खतरामा रहेको मात्रै कुरा बढीमा जोड दिए बताए, ती अधिकारीले भने।

खानले अन्वेषकहरूलाई भिडियो लिङ्क मार्फत अनुसन्धानमा सामेल हुन अनुमति दिन अनुरोध गरेका थिए, जसलाई अदालतले अस्वीकार गरेको छ। यद्यपि, न्यायाधीशले उनलाई अनुसन्धानमा सामेल हुन निर्देशन दिए र उनको जमानत जुन १३ सम्म लम्ब्याइयो।

पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ
अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामाद गरेको छ । सो लागूपदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तरराष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार मे २४ मा पश्चिमी अस्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर टाढा रोटनेस्ट टापु नजिकै सङ्कटमा परेको १० मिटर क्याबिन क्रुजरको चालक दललाई सहयोग गरेको थियो । बोर्डमा रहेका तीनजना पुरुषले प्रहरीलाई आफूहरूले जहाजको इन्जिनमा समस्या देखेको तर डुङ्गा चलाउने अनुभव नभएको बताएका थिए ।

ती व्यक्तिको शङ्कास्पद गतिविधि देखेपछि प्रहरीले जहाजको निरिक्षणपछि पानीले भरिएको ब्यालास्ट ट्याङ्कीमा २९ वटा शंकास्पद प्याकेज फेला पारेको थियो । ती प्याकेजमा सेतो पाउडरका थुप्रै ब्लक पाइएको र कोकेन जस्तै रहेको बताइएको छ । यसबारे थप अनुसन्धान जारी छ ।

तीन जनामध्ये दुई जनालाई बुधबार पक्राउ गरी पर्थमा हिरासतमा राकिएको छ भने तेस्रोलाई सिड्नीबाट पक्राउ गरिएको हो । ती आरोपित २१, २५ र २९ वर्षका रहेका छन् । दोषी प्रमाणित भएमा उनीहरुलाई अधिकतम आजीवन कारावासको सजाय हुनसक्ने प्रहरीले जनाएको छ ।

चीनमा नविकरणीय ऊर्जाबाट चल्ने सवारी साधनको बिक्री ८२ प्रतिशतले बढ्यो
चीनमा नविकरणीय ऊर्जाबाट चल्ने सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिक रूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको छ ।

विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४८३, ००० वटा त्यस्ता सवारी साधन विक्री भएको थियो । यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक दुई प्रतिशतले बढेर ७.२९ मिलियन युनिट पुगेको छ ।

सीपीसीएले मुख्यतया मे दिवसको बिदाको समयमा विक्री प्रवर्द्धन, केन्द्र र स्थानीय सरकारद्वारा ल्याइएका उपभोग अनुदान नीतिलाई प्रश्रय दिएको छ ।

मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु
भारतको उत्तर(पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।

यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् । ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।

बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १ सय ४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ ।

मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत मे ३ मा राज्यका १० जिल्लामा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि हिंसा भड्किएको थियो । झडप मुख्यतया मेइतेई र कुकी समुदायबीच भएको थियो।

स्थानीय सञ्चार माध्यमकाअनुसार मणिपुरको कुल जनसङ्ख्याको करिब ५३ प्रतिशत मेइतेई समुदायका मानिसहरू छन् र ती अधिकांश इम्फाल उपत्यकामा बस्छन्। त्यसैगरी नागा र कुकी समुदायका जनजातिको जनसङ्ख्या ४० प्रतिशत छ र तिनीहरू राज्यका पहाडी जिल्लाहरूमा बसोबास गर्छन्।

हाल शान्ति र अमनचैन कायम गर्न भारतीय सेना र अर्धसैनिक असम राइफलका १०,००० भन्दा बढी सुरक्षाकर्मीहरू त्यहाछ तैनाथ गरिएको छ ।

चर्को हिंसाका बीच गृहमन्त्री अमित शाहले राज्यमा चार दिनसम्म स्थलगत भ्रमण गरेर स्थितिको समीक्षा गरेका छन् । भ्रमणको अन्तिम दिन बिहीबार मन्त्री शाहले झडपको न्यायिक छानबिन छिट्टै थाल्ने घोषणा गरेका छन् ।

मणिपुरका गभर्नर अनुसुया उइकेको नेतृत्वमा सबै राजनीतिक दलका प्रतिनिधिसहितको शान्ति समिति पनि राज्यमा हिंसालाई शान्त पार्नको लागि लागिपरेको छ ।

चीनद्वारा वर्षा प्रभावित क्षेत्रका लागि भूगर्भीय प्रकोपको चेतावनी जारी
चिनियाँ अधिकारीहरूले शुक्रबार दक्षिणपश्चिम चीनको चोङकिङ, सिचुआन र गुइझोउ र देशको उत्तरपश्चिममा पर्ने शान्सी क्षेत्रमामा वर्षाका कारण हुन सक्ने सम्भावित भूगर्भीय प्रकोपका लागि पहेंलो चेतावनी जारी गरेका छन्।

प्राकृतिक सम्पदा मन्त्रालय र मौसम प्रशासनले ती क्षेत्रहरूमा शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बेलुका ८ बजेसम्म वर्षाका कारण हुने भूगर्भीय प्रकोपको जोखिमबारे चेतावनी दिएको थियो।

स्थानीय बासिन्दाहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ । चीनसँग भूवैज्ञानिक प्रकोपहरूको लागि तीन स्तरीय, रङ्ग कोड गरिएको मौसम चेतावनी प्रणाली छ, रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला र पहेंलो सङ्गले क्रमश कम खतराको सङ्केत गर्दछ ।

रुससँग आणविक हतियारसम्बन्धी नयाँ सन्धि गर्न अमेरिका इच्छुक

ह्वाइट हाउसका एक उच्च अधिकारीले रूससँगको आणविक हतियारको वर्तमान सीमा कायम राख्न प्रस्ताव गरेका छन्, भने उदीयमान शक्ति चीनलाई भविष्यमा हतियार नियन्त्रण प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनमा आयोजित राष्ट्रिय हतियार नियन्त्रण सङ्घको वार्षिक बैठकमा जो बाइडन प्रशासनले शीतयुद्धपछिको आणविक परिदृश्यमा ‘पर्याप्त’ र ‘गहिरो’ समस्याको सामना गर्ने रूपरेखा प्रस्तुत गर्दै उक्त टिप्पणी गरेका हुन्।

सुलिभानले अमेरिका र रूसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए ।

यद्यपि, यसबीचमा वासिङ्टनले विश्वका दुई प्रमुख आणविक शक्ति राष्ट्रहरूलाई उक्त सन्धिको मूल मर्मअन्तर्गत राख्न चाहेको छ । सन्धिमा आणविक सम्पन्न राष्ट्रले एक हजार ५५० रकेट मात्र राख्न पाउने सीमा निर्धारण गरिएको छ ।

सुलिभानले भने, “जबसम्म रूसले सन्धिको पालना गर्छ तबसम्म हामी केन्द्रीय सीमामा अडिग रहन तयार छौं ।”

उनले मस्कोलाई सन् २०२६ पछिको संरचनाका लागि नयाँ वार्ता सुरु गर्न आह्वान गर्दै भने, “हाम्रा सबै द्विपक्षीय मतभेदहरू समाधान गर्न पर्खनुको सट्टा, संयुक्त राज्य अमेरिका आणविक जोखिम व्यवस्थापनका लागि रूसलाई संलग्न गर्न तयार छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको रूससँगको सम्बन्ध चिसिएको र बेइजिङसँगको सम्बन्धमा पनि जटिलता देखिएको अवस्थामा यो कठिन परिस्थितिबारे सोच्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : ०० बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन