मैथिली भाषा, साहित्य र कलाबारे जनकपुरधाममा विमर्श कार्यक्रम हुने « Khabarhub

मैथिली भाषा, साहित्य र कलाबारे जनकपुरधाममा विमर्श कार्यक्रम हुने


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुने भएको छ ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाका अनुसार यही जेठ २६–२८ सम्म तीन दिने ‘विमर्श एक दीप चेतनाक’ कार्यक्रम आयोजना हुनेछ ।

तीन दिनमा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, स्त्री विमर्श, कवि सम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायतका कार्यक्रममा हुने उनको भनाइ छ ।

कार्यक्रममा सहयोगी संस्था नेपोटिभ टायल्सका सञ्चालक श्यामनाथ झाले करिब रु १२ लाखको लागत अनुमान गरिएको कार्यक्रम कुनै दातृ तथा सहयोगी संस्थाबाट सहयोग नलिई आफ्नो आम्दानीबाट खर्च आयोजना गर्न लागिएको बताए ।

कार्यक्रममा साहित्यकार रमेशरञ्जन झाले विमर्शका माध्यमबाट नेपालीपछि सबैभन्दा बढी बोलिने मैथिली भाषा, यहाँको साहित्य, दर्शन र समकालीन समाजका सिर्जनाका विषयमा एउटा निष्कर्षमा पुग्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यक्रमलाई मैथिली साहित्यको महोत्सवका रूपमा मनाउन सबैलाई सहयोगका लागि आग्रह गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ४३ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना