एसपिए स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक « Khabarhub

एसपिए स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरुलाई समेटेर मनोनय सार्वजनिक गरेको छ ।

असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदुरपश्चिम स्पोर्टस अवार्डको माया मेट्रो हस्पिटल सुदुरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । शाहीले ९ औं राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए । फेन्सिङमा सुदुरपश्चिमलाई उनले पहिलो पटक स्वर्ण पदक जिताएका हुन् । उनले नै पहिलो पटक फेन्सिङ सिकाएका खेलाडीहरुले पहिलो सहभागीतामा सुदुरपश्चिमलाई दुई कास्य पदक समेत जिताएका थिए ।

आनन्दले पनि ९ औं राष्ट्रिय खेलकुदमा कराँते तर्फ ५० किलो तौल समुहमा स्वर्ण जितेका थिए । सुदुरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन । उनले प्रशिक्षण दिएका दुई जना खेलाडीले राष्ट्रपति रनिङ सिल्डमा पनि दुई कास्य पदक जितेका थिए । कामीले भारतमा भएको ईण्डो नेपाल च्याम्पीयनसीपमा पनि स्वर्ण जितेका थिए ।

जियारतले उमेर समुहमा नेपाली पुरुष टीममा सहभागीता जनाउँदै २० बर्ष मुनिको साफ च्याम्पीयनसीपमा उपविजेता बनेको टोलीका सदस्य हुन् । उनले खुमलटार युवा क्लबलाई ए डिभिजनमा पुराउनका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । मनाङ मस्याङ्दी क्लबबाट व्यवसायिक ए डिभिजन लिग खेलिरहेका उनी गत बर्ष भएको यस्तै तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षक समेत भएका थिए । उनले एफसी यु २० छनोटमा नेपाली टीमको प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए ।

न्यु सिटी पोलिक्लिनिक सुदुरपश्चिम आईकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविा कुँवर मनोनयनमा परेकी छिन् । मनिषाले ९ औं राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समुहमा स्वर्ण पदक दिलाएकी थिइन । उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन् । कविताले सुदुरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पीयन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी थिइन् । यस्तै मेयर कप र नेपाली महिला क्रिकेट टीमबाट सहभागीता जनाउँदै खेल खेलेकी थिइन् ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । प्रायोजक प्रर्वद्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । अवार्डमा सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : १३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा