महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति हो : प्रधानमन्त्री | Khabarhub Khabarhub

महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति हो : प्रधानमन्त्री


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतीक भएको बताएका छन् ।

आज भारतको चार दिने चौपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा महाकालेश्वर मन्दिरको धार्मिक कार्यक्रमबारे स्पष्ट पारेका हुन् ।

उनले भने, “महाकालेश्वर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल रहेछ । मैले लगाउन नमान्ने हो भने भारतका जनताको मनमा चिसो पस्ने भो प्रधानमन्त्रीप्रति । यो एउटा सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने ? ”

उनले धर्मनिरपेक्षताका नाममा धर्म विरोधी हुन नहुनेसमेत बताए । “म मनैदेखि धर्मनिरपेक्षतावादी हो । तर धर्मनिरपेक्ष भनेको धर्म विरोधी हैन नि ! सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा गर्ने हुँदैन”, उनले भने, “म कम्युनिष्ट मात्र होइन प्रधानमन्त्री पनि हो ।

सबैलाई समेट्नुपर्छ, सबै धर्म र समुदायको सम्मान गर्नु हामी सबैको दायित्व हो ।”
उज्जैनस्थिल धार्मिक पर्यटकीयस्थलको चर्चा गर्दै उनले नेपालमा पनि धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारले जोड दिएको बताए ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : २० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु