गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि कास्कीलाई « Khabarhub

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि कास्कीलाई


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कास्कीले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरमाथि १८ रनको जित निकाल्दै रु एक लाखसहित ट्रफी पुरस्कार पायो ।

उपविजेता बनेको नवलपुरले रु ५० हजार पुरस्कार पायो । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा यही जेठ १४ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल खेलमा नवलपुरले टस जितेर कास्कीलाई ब्याटिङको निम्तो दिएको थियो । कास्कीले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४२ रन बनायो ।

खेलमा अभिषेक थापाले २५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३६ रनको योगदान दिनुभयो । सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाउनुभयो ।

नवलपुरबाट अपराजित पौडेलले तीन, कैलाश पगेनीले दुई तथा शिशिर भुसाल र विशाल पौडेलले समान एक÷एक विकेट लिनुभयो । खेलमा जितका लागि १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो ।

प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’को उपाधि नवलपुरका अपराजित पौडलले प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट बलर नवलपुरका अपराजित पौडेल, बेष्ट ब्याट्सम्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा बने ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरूलाई प्रतियोगिता संयोजक एवं प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङ्जा, बागलुङ र म्याग्दी गरी आठ जिल्लाको सहभागिता थियो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ५० बजे

नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता

न्यूयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी समकक्षी पाेर्गदर क्याट्रिन गुनार्सदोतिरबीच

राष्ट्रिय व्यावसायिक पहलद्वारा बाढी प्रभावितका लागि सौर्य लालटिन हस्तान्तरण

काठमाडौं– राष्ट्रिय व्यावसायिक पहलले स्केन्डर इलेक्ट्रिकको सहयोगमा रसुवा भोटेकोशी बाढीबाट

राष्ट्रसङ्घीय महासभामा साइडलाइनमा हिमाली जलवायु सङ्कटबारे अन्तर्राष्ट्रिय संवाद हुने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको साइडलाइनमा क्रायोस्फियरमा देखिएको जलवायु

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा १६ गते

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको दुई दशक पूरा

बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी

ढाका– बङ्गलादेशको संसद्ले सेप्टेम्बरमा पारित गरेका तीनवटा नयाँ कानूनले मानव