बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने « Khabarhub

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रदेश सभा भवन हेटौडामा बस्ने छ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । तर, प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपाले बजेट विभेदकारी रहेको भन्दै विरोध गर्दै आएकाले यसअघिका लागि तय भएका बैठक समेत बस्न सकेका छैनन् ।

यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।

हिजो पनि २ बजेका लागि बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भए पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक स्थगित भएको थियो ।

एमालेले हिजो नै पत्रकार सम्मेलन गरी ११ बुँदे माग सार्वजनिक गर्दै सो  विषय बजेटमा समावेश गर्नु पर्ने बताएको छ ।

आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा सरकार रहे पनि बैठक सुचारू हुनेमा अन्योलता छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०–०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।

 

 

 

 

 

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : १० बजे

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ