विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा « Khabarhub

विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन् । उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताए ।

आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले राज्यले समाज रुपान्तरणका लागि प्रक्रियामुखी नभई कार्यमुखी भएर जानुपर्नेमा जोड दिए ।

“राज्य दीर्घकालीन विकासतर्फ अग्रसर नभई अझै प्रक्रियामै अल्झिरहेको छ”, उनले भने, “हाम्रो राजनीति गर्ने तवरसमेत पछौटेपनमा आधारित छ, जहाँ एक दलले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेको अवस्था छ ।”

हाम्रो दृष्टिकोण र सोचले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको तर्क गर्नुभएका मुख्यमन्त्री शर्माले जल, जङ्गल, जडीबुटी र प्रकृतिले धनी क्षेत्रको स्रोतको बेलैमा सदुपयोग गर्न सकिए कर्णाली एक्लैले सिङ्गो मुलुकलाई पाल्न सार्मथ्य राख्ने दाबी गरे ।

उनले अहिलेसम्म बनेका ऐन नियममा देखिएको अन्तरविरोधलाई हटाएर ती सबै परिणाम देखिने गरी कार्यान्वयनमा ल्याउनतर्फ लाग्नुपर्ने जनाए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : १३ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६