परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान जाने « Khabarhub

परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान जाने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ जाने भएका छन् ।

अजरबैजानको राजधानी बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले असार २० गते सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ । उनी असार २३ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ०० बजे

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ