अमेरिकी अर्थमन्त्रीले चीनको भ्रमण गर्ने « Khabarhub

अमेरिकी अर्थमन्त्रीले चीनको भ्रमण गर्ने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता चीनको भ्रमण गर्ने भएकी छिन् ।

अमेरिकी अर्थमन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका राष्ट्रपति नेता सी चिनपिङ र विदेशमन्त्री चीन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि येलेनले जुलाई ६ देखि ९ सम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “येलेनले आफ्ना समकक्षीहरूसँग ‘सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न, चासोका क्षेत्रहरूको बारेमा प्रत्यक्ष संवाद गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सँगै काम गर्न’ दुवै देशको महत्वबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।”

अमेरिकी विदेशमन्त्री ब्लिन्केनको भ्रमणबाट वासिङ्टन र बेइजिङबीचको तनावपूर्ण सम्बन्धमा आफूले प्रगति देखेको चिनियाँ राष्ट्रपति सीले बताएका थिए ।

विदेशमन्त्री ब्लिन्केन करिब पाँच वर्षमा चीनको राजधानी बेइजिङ भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ अमेरिकी अधिकारी हुन् ।

बेइजिङमा येलेनले चीनसँगको आर्थिक सम्बन्धलाई अमेरिकाले कसरी हेर्छ भन्ने विषयमा छलफल गर्ने एक वरिष्ठ अर्थ अधिकारीले आइतबार बताएका छन् ।

उनले चीनका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने र प्रमुख अमेरिकी कम्पनीको अवलोकन गर्ने तय भएको अमेरिकी पक्षको भनाइ छ । अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा हित सुरक्षित गर्न र मानव अधिकारको रक्षा गर्न चाहेको तर यसलाई चीनमाथि आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यका रुपमा हेर्न नहुने अमेरिकी पक्षले जनाएको छ ।

वासिङ्टनले बेइजिङसँगको ‘स्वस्थ’ सम्बन्धलाई पनि हेर्ने र जलवायु परिवर्तन तथा कर्जा संकटजस्ता अत्यावश्यक चुनौतीहरूमा सहकार्य गर्दै अर्थतन्त्रलाई कमजोर बनाउन नचाहेको पनि बताइएको छ ।

अमेरिकाले यस प्रारम्भिक यात्राबाट ‘महत्वपूर्ण सफलता’ को अपेक्षा नगर्ने तर यसले चीनसँग सञ्चारको दीर्घकालीन च्यानलहरू निर्माण गर्ने लक्ष्य राखेको अमेरिकी अर्थमन्त्रालयका एक वरिष्ठ कर्मचारीले बताए ।

काउन्सिल अन फरेन रिलेसन्स (सीएफआर) का वरिष्ठ सदस्य एडवर्ड एल्डेनले एएफपीसँग भने, “मलाई लाग्छ कि अमेरिकी सरकारले स्पष्ट रूपमा आर्थिक सम्बन्धको बिग्रँदो अवस्थालाई कम गर्न प्रयास गरिरहेको छ । येलेनको यात्राले तल्लो स्तरमा वार्ता र छलफलको स्थिर ढाँचा पुनः सुरु गर्न सक्छ ।”

“पछिल्लो समय अमेरिकाले समस्यालाई कसरी समाधान दिने भन्नेतिर भन्दा जोखिम कम गर्ने अस्पष्ट रणनीतिलाई अपनाएको देखिन्छ’’ एल्डेनले भने, “यसको अर्थ रणनीतिक महत्व भएका वस्तुहरूको संकुचित दायरामा ध्यान केन्द्रित गर्नु हो, ती वस्तुहरूको वरिपरि तारबार निर्माण गर्ने प्रयास गर्नु हो । तर अमेरिका–चीन आर्थिक सम्बन्धलाई उचित रूपमा बलियो बनाउन जारी राख्ने प्रयास गर्नु उचित हो ।”

तर पर्यवेक्षकहरूले दुई सिद्धान्त र परिवेशबाट अघि बढिरहेका दुई ठूला अर्थतन्त्र भएका मुलुकका जिम्मेवार अधिकारीको भ्रमणले तनावको शीघ्र समाधान दिनेमा खासै आशा नगरेको देखिन्छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : २८ बजे

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

सावाखोलामा पक्की पुल निर्माण

खोटाङ– सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत

चीनद्वारा पास्टर एज्रा जिन रिहा

बेइजिङ– चीनले हिरासतमा रहेका भूमिगत चर्चका संस्थापक पास्टर एज्रा जिनलाई