नेपाली परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता छ : कमल थापा « Khabarhub

नेपाली परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता छ : कमल थापा


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनीतिक अवस्था एवम् सामाजिक, सांस्कृतिक परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् ।

आज पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित हिन्दराष्ट्र : अवधारणा र औचित्य विषयक अन्तक्रिर्यामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अवधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे । अज्ञानतामा आधारित ुप्रोपोगन्डाु तथा बाह्य शक्ति र उग्रवामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भएको भन्दै थापाले हिन्दुराष्ट्र नेपालको गौरव भएको समेत बताए ।

हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रबादको अभिव्यक्ति भएको उनले दाबी गरे । उनले धार्मिक राज्य नभई प्राचीन सभ्यता र सम्पदाको रक्षा आफुहरुको प्रमुख ध्यय भएको स्पष्ट गर्दै वैदिक दर्शन, सनातन धर्म ,संस्कृति र परम्पराको धरातलमा राष्ट्र निर्माण हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : २४ बजे

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ