निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद | Khabarhub Khabarhub

निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले स्वच्छ, तथ्यपरक र निष्पक्ष पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्।

प्रजातन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन कैलालीको आज धनगढीमा भएको अधिवेशनको उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले सुदूरपश्चिमको पत्रकारिताले राष्ट्रिय पत्रकारितामा महत्त्वपूर्ण योगदान पु¥याएको बताए ।

छुट्टै प्रसङ्गमा उनले छिमेकी मुलुक भारत र चीनको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए । कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडले पनि पत्रकारिता निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर दवाडी, कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, प्रेस युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँरलगायतले पत्रकारिता र पत्रकारको हकहितका बारेमा बोलेका थिए। अधिवेशनले युनियनको नयाँ जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ४० बजे

सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्रीलाई पोल्ट्री व्यवसायीको ज्ञापनपत्र

चितवन– यहाँका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको

माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन  

काठमाडौं– माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी

आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी कुट्ने कसैलाई नछोड्नू

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट