राम्रो काम गर्दै जाने हो, जस खोज्ने होइन : ओली | Khabarhub Khabarhub

राम्रो काम गर्दै जाने हो, जस खोज्ने होइन : ओली


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सञ्चालनमा आएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को आज उद्घाटन गर्दै उहाँले राम्रा कुरालाई बढावा दिएर जानुपर्ने बताए ।

नेपालमा बालबालिका, ज्येष्ठ नागरिकप्रति हेरचाह गर्ने, सेवा गर्ने परम्परा निकै पुरानो भएको चर्चा गर्दै कार्यक्रममा उनले स्याङ्जाको आँधी खोलामा श्रवण कुमार मारिएका र उनका आमाबुबाको उद्धार गरिएको कथा सुनाए ।

रिडीको छेउको रुरु क्षेत्र उपनिषद् र पुराणको प्रसिद्ध क्षेत्र भएको सुनाउँदै एमाले अध्यक्ष ओलीले हरिणले समेत दूध पिलाएर बालिका बचाएको पवित्र भूमि नेपाल नै भएको इतिहास रहेको बताए ।

नेपाली परम्परा, संस्कृति र पहिचानभन्दा फरक संस्कृति नेपालमा भित्रिन थालेकामा चिन्ता व्यक्त गर्दै उनले गुरुलाई नमान्ने, आदर भाव नदेखाउने, आमाबुबालाई हेला गर्ने कुरा सुनिन थाल्नु दुःखद भएको बताए।

अध्यक्ष ओलीले भने, “समाजले नराम्रा मात्रै खोज्ने र खोतल्ने नभई राम्रा कुरालाई बढावा दिएर जानुपर्छ, मानिसलाई उत्प्रेरित गरेर घृणा होइन प्रेम फैलाउनु पर्छ, हिंसा होइन शान्ति फैलाउनुपर्छ, द्वन्द्व होइन मेलमिलाप फैलाउनु पर्छ, विविधतामा एकता बढाउने सोच अगाडि बढाउनु पर्छ ।”

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ११ : ०६ बजे

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक