ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मृत्यु भएको छ। ब्राजिलका तीन राज्यमा भएको लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मत्यु भएको हो भने ५८ जना घाइते भएका छन्।

ब्राजिलको प्रहरीले लागूऔषध गिरोहबाट तीन सय ८५ किलो लागूऔषत बरामद गरेको छ। बीबीसीका अनुसार उनीहरुको साथबाट प्रहरीले केही थान बन्दुकसमेत बरामत गरेको छ।

बीबीसीले स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै रियो दि जेनेरियोमा प्रहरी र लागूऔषत कारोबारीबीच गोली हानाहान भएपछि त्यो क्षेत्रका विद्यालय बन्द भएको जनाएको छ। झडप भएको क्षेत्र तनावग्रस्त बनेपछि त्यहाँ अन्य औपचारिक कार्यक्रमसमेत स्थगित भएका छन्।

ब्राजिलमा लागूऔषध गिरोह र प्रहरीबीच पटकपटक झडप हुँदै आएको छ। यही वर्ष मात्र प्रहरी र लागूऔषध कारोबारीबीच ३३ पटक झडप भएको समाचारमा उल्लेख गरिएको छ। यसरी भएको झडपमा १२५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ६ : १४ बजे

एनसेल खरिदबिक्री प्रकरणमा नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्रीबारे

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ

शाहरुखले तोडे प्रभासको कीर्तिमान

नयाँ दिल्ली – शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत