पिसाबको इन्फेक्सन र यसको उपचार | Khabarhub Khabarhub

पिसाबको इन्फेक्सन र यसको उपचार


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। पछिल्लो समय महिलामा पिसाबको इन्फेक्सन एकदमै बढेको पाइन्छ। पिसाबको सङ्क्रमण यौन अङ्गको सरसफाई राम्री नगर्दा वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुनेगर्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो भने पनि पिसाब जमेर सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन्। आखिर महिलामा पिसाबको इन्फेक्सन किन हुन्छ ? कस्ता महिलामा यो समस्या बढी हुने हुन्छ ? पिसाबको इन्फेक्सन नहोस् भनेर के के कुरामा ध्यान दिने ? यी र यस्तै विषयमा आधारित रहेर युरोगाइनोकोलोजिस्ट डा. तरुण प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंशः

महिलामा पिसाबको इन्फेक्सन किन बढिरहेको छ ?
हाम्रो शरीरको पिसाब जम्मा हुने भागलाई युरिनरी प्याटर भनिन्छ। किड्नीतिर जाने पाइपलाई युरेट्रो भनिन्छ। महिलामा पिसाबमा इन्फेक्सन भएको भन्नाले पिसाब फेर्ने अङ्गबाट बाहिर निस्किने नली (युरेसा) मा समस्या भएको भन्ने बुझिन्छ। पिसाबको इन्फेक्सन विभिन्न अङ्गहरूमा छुट्टाछुट्टै हुन्छ र लक्षण पनि भिन्नै हुन्छ।

पिसाबको इन्फेक्सन हुँदा के कस्ता लक्षण देखा पर्छन् ?
एउटा लक्षण देखिने हुन्छ भने अर्को नदेखिने हुन्छ। कुनै महिलामा साधारण समस्या छ भने उसले छिटोछिटो पिसाब फेर्न जानुपर्ने लक्षणहरू हुन्छ। पिसाब फेर्दा पोलेर पिसाब निस्किने, थोरै मात्रामा तर धमिलो पिसाब निस्किने, धेरै गन्धसहितको पिसाब आउने र कुनै कुनै बेला पिसाबमा रगत पनि निस्कने हुन्छ। यसका साथै कतिपयलाई एकदमै पेट दुख्ने र ज्वरो आउने पनि हुनसक्छ। तल्लो पेट दुख्ने, पिसाब फेरेपछि दुख्ने वा पोल्ने, आधा-आधा घण्टामा पिसाब फेर्न जान मन लाग्ने हुन्छ। यसरी पिसाब फेर्न जाँदा थोपा-थोपा आउने गर्छ। राति तीन चार पटक पिसाब गर्न मन लाग्यो भने पिसाबमा इन्फेक्सन भयो भनेर शंका गर्नुपर्छ।

पिसाबको इन्फेक्सन कस्ता मानिसमा बढी हुन्छ ?
धेरै जनासँग यौन सम्पर्क राख्ने व्यक्तिमा यो समस्या हुनसक्छ। गर्भवती, सुगर भएका महिला, एचआईभी तथा लगातार भाइरल इन्फेक्सन भएको महिलामा इन्फेक्सन हुनसक्छ। यान्टिबायोटिक धेरै लिनुपर्ने अवस्थामा, सरसफाइमा ध्यान नदिने, धेरै दिनसम्म एउटै भित्री कपडा प्रयोग गर्ने, मिर्गौला, पिसाब नली तथा पिसाब थैलीमा पत्थरी भएको छ भने यो समस्या हुनसक्छ।

सबै महिलामा एउटै सङ्क्रमणको कारणले इन्फेक्सन हुने हो ?
पिसाबको इन्फेक्सन त पुरुषमा पनि हुनेगर्छ। तर महिलामा पुरुषको तुलनामा बढी सङ्क्रमण हुनेगर्छ। महिलाको पिसाब नली सानो र छोटो हुन्छ। त्यसैले कीटाणु सहजै छिर्न सक्ने भएकाले इन्फेक्सनको समस्या बढी हुनेगर्छ। त्यस कारण महिलाले शारीरिक स्वास्थ्यमा एकदमै धेरै ख्याल गर्नुपर्छ। इन्फेक्सनको जाँच गर्दा दिशामा पाइने किटाणुले पिसाबमासमेत इन्फेक्सन देखिएको पाइन्छ। महिलाले शारीरिक रूपमा पनि बढी ख्याल गर्नुपर्छ। अझ गर्भवतीमा पिसाबको इन्फेक्सन झन् धेरै हुन्छ। किनभने उनीहरूसँग रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। आइरनको कमी, डाइबेटिज, कमजोर महिला र उमेर धेरै भएका महिलामा पनि यस्तो समस्या धेरै देखिन्छ। त्यसैले त्यस्तो बेलामा ध्यान दिनु निकै आवश्यक छ।

पिसाबको इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्छ कि सर्दैन ?
यो अरु रोग जस्तै सर्ने रोग होइन। तर सफा पानी प्रयोग गरिएन भने त्यो सर्ने माध्यम बन्नसक्छ। बाथरुमको पानी इन्फेक्सन भएको व्यक्तिले प्रयोग गरेको छ र बाथरुम सफा भएन भने यो सर्ने माध्यम बन्नसक्छ।

यो समस्याको समयमा नै उपचार गरिएन भने कस्तो असर गर्छ ?
सबैभन्दा पहिला पिसाबमा भएको इन्फेक्सन सर्दै गएर मिर्गौलामा गएर असर गर्छ। यसलाई पाइलोनेफ्राइटिस भनिन्छ। हनहनी ज्वरो आउने, कोख दुख्ने हुन्छ। त्यसबाट रगतमा जान सक्छ, त्यसलाई युरो सेप्सिज भन्छौँ, त्यसले शरीर भरी ज्वरो फैलाउन सक्छ। पिसाब थैली र युरेथ्राको ठाउँमा मात्रै किटाणु सीमित भयो भने महिना महिनामा समस्या दोहोरिनसक्छ। मिर्गौलाले काम नगर्ने हुन्छ। पाठेघरको छेउ छेउमा र ट्युबमा फैलिने डर हुन्छ। त्यसैले समयमा नै उपचार गर्दा राम्रो हुन्छ।

यस्तो समस्या देखिएपछि के गर्ने के नगर्ने ?
यस्तो लक्षण देखा पर्यो भने नजिकको अस्पतालमा जाँच गर्दा पिसाबमा किरा, पिप या रगत देखियो भने औषधि दिने गरिन्छ। पिसाब पोल्ने समस्या भए त्यही अनुसारको औषधि दिने या अवस्था हेरेर त्यही अनुसारको औषधि खानुपर्छ। इन्फेक्सन भएको अवस्थामा अरु बेला भन्दा बढी मात्रामा पानी पिउने गर्नुपर्छ। यसो गर्दा बढी पिसाब लाग्छ र पिसाबसँगै कीटाणु पनि बाहिर निस्किन्छन्। यदि किड्नीमै धेरै ज्वरो आएको छ, ढाड धेरै दुखेको छ भने अस्पतालमा भर्ना भएर नै उपचार गर्नुपर्दछ।

यस्तो समस्या नदेखियोस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि सबै भन्दा पहिला सबै जनाले हाइजिन मेन्टेन गर्नुपर्छ। पिसाब धेरै समयसम्म रोक्नु हुँदैन। डेढ दुई घण्टाको फरकमा पिसाब गर्ने बानीको विकास गर्नुपर्छ। दैनिक समय समयमा तीन लिटर जति पानी एक पटकमा दुई सय ५० एमएलका दरले पिउनुपर्छ। तर एकै पटक धेरै पिउनु हुँदैन। यसले मिर्गौलालाई असर गर्नसक्छ। आफूले प्रयोग गर्ने बाथरुम सधैँ सफा हुनपर्छ। महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड समय समयमा फेर्नुपर्छ। पिसाबमा केही समस्या हुने बित्तिकै अस्पताल जानुपर्छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ६ : ५९ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही