तुफानको जोखिममा पूर्वी एसिया | Khabarhub Khabarhub

तुफानको जोखिममा पूर्वी एसिया


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जापानको ओकीनावा टापुमा आएको तुफानका कारण धेरैको बिचल्ली भएको छ। धेरै घरमा विद्युत् आपूर्ति बन्द भएका छ। साथै एक तिहाइ मानिस विपद्को जोखिममा परेका छन्। बेइजिङमा आएको शताब्दीकै घनघोर वर्षापछि अहिले पूर्वी एसियामा विस्तारै खानुन तुफान चली रहेको छ। यसले धेरै स्थानमा आँधी ल्याएको छ। चीनमा भने बाढीका कारण ३४ जनाको ज्यान गइसकेको छ।

विज्ञका अनुसार जलवायु परिवर्तनका कारण यस्ता किसिमका आँधी अझ धेरै बढ्न सक्ने छ। खानुन तुफान दुई किसिममा छन्। पहिलो तालीम तथा दोस्रो डोक्सुरी तुफान रहेका छन्। यसको असर फिलिपिन्स र ताइवानमा धेरै परेको छ। पछिल्लो केही सातामा त्यहाँ ३० जनाको ज्यान गइसकेको छ।

बुधबार यो तुफान चीनको उत्तर पूर्वतर्फ लम्कने अनुमान गरिएको थियो। तथापि अहिले यसले चीनलाई असर नगरी जापानको मुख्य भूभागमा असर गर्ने सम्भावना प्रबल रहेको जनाइएको छ। जापानको उष्णक टापु ओकीनावा सधैँ तुफानको जोखिममा रहेको क्षेत्रको रूपमा परिचित छ।

धेरै समय अघिदेखि जलवायु वैज्ञानिकले यस किसिमको तुफानको असर पर्ने जोखिमका कुरा भने गरिरहेका थिए। वैज्ञानिकको चेतावनी अनुसार एसियाका धेरै स्थान तातो हावाको जोखिमसमेत छ।

अहिले त्यहाँ २० हजार जनालाई आफ्नो वासस्थान छाड्न निर्देशन दिइएको छ। साथै ओकीनावा विमानस्थलका सयौं उडान रद्द भएका छन्। ओकीनावा पर्यटकीय रूपले एकदमै परिचित तथा लोकप्रिय स्थान हो। यो समयमा तुफान आउने अनुमान अलि अघिसम्म मौसमविद्ले समेत गरेका थिएनन्। धेरै समय अघिदेखि जलवायु वैज्ञानिकले यस किसिमको तुफानको असर पर्ने जोखिमका कुरा भने गरिरहेका थिए। वैज्ञानिकको चेतावनी अनुसार एसियाका धेरै स्थान तातो हावाको जोखिमसमेत छ।

सिंगापुर व्यवस्थापन विश्वविद्यालयका ग्रामीण जलवायु प्राध्यापक विन्सटन चोउ त थुप्रै स्थान उच्च जोखिममा रहेको बताउँछन्। उनका अनुसार जलवायु परिवर्तनको असर मानिसले कल्पना गरेको भन्दा धेरै भयावह पनि हुनसक्ने छ। ‘‘हामीले जत्ति कार्बन उत्सर्जन गर्छौ जोखिमको मात्रा उत्ति बढ्ने हो। यस कारण प्रत्येक वर्ष जोखिम बढी रहेकै छ’’, उनले भनेका छन्।

त्यहाँको राज्यकै सञ्चार माध्यम अनुसार गत साता तीन वटा आँधीका कारण बेइजिङमा समेत नराम्रो असर परेको थियो। तीयानजीन, हेइबेइ र बेइजिङमा गरेर ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका थिए।

गएको साता मात्र बेइजिङले १ सय ४० वर्ष यताकै सबै भन्दा भीषण वर्षाको सामना गरेको छ। सन् १८९१ को सबै भन्दा बढी वर्षाको कीर्तिमान भङ्ग भइसकेको छ। अझ धेरै वर्षाको जोखिम छ।

अत्यन्त धेरै प्रभावित बेइजिङको मन्टेनगाउ जिल्लाको तस्बिर राज्यकै सञ्चार माध्यमका प्रकाशित भएको थियो। माटोले बनेका घर भग्नावबेश अवस्थामा पुगेका थिए। अधिकारीहरू पुल र सडकमा अलमलिएका ढुङ्गा हटाउन व्यस्त थिए।

गएको साता मात्र बेइजिङले १ सय ४० वर्ष यताकै सबै भन्दा भीषण वर्षाको सामना गरेको छ। सन् १८९१ को सबै भन्दा बढी वर्षाको कीर्तिमान भङ्ग भइसकेको छ। अझ धेरै वर्षाको जोखिम छ। फिलिपिन्सको राजधानी मनिलाको अवस्था पनि कम्ती खराब छैन। त्यहाँ खोलाले बाटो छाडेका कारण र ड्याम जोखिममा परेका कारण तीन लाख मानिस विस्थापित भइसकेका छन्। गत साता दक्षिणी मनिलाको केही स्थानमा समुद्री बहावका कारण १६ जनाको ज्यान गएको छ। यसैगरी, डोकसुरीका सबैलाई अन्यत्र लगिएको छ। त्यहाँ बारम्बार आउने तुफानको धेरै नै असर देखिएको छ।

विगतका केही वर्ष पूर्वी एसिया यस्तै समस्याले प्रभावित थियो। भीषण वर्षा, बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुनेक्रम यस अघि सन् २०२१ मा सबैभन्दा बढी थियो।

त्यहाँ तुफानका कारण धेरै भौतिक संरचना ध्वस्त भएका छन्। यसै कारण विद्यालय र धेरै उद्योग अहिले बन्द अवस्थामा छन्। यसअघि मौषमविद्ले मे महिनामा नै पूर्वी एसिया अगस्टको अन्त्यसम्म बाढी र आँधी बेहरीले प्रभावित हुनुका साथै धेरै स्थान जोखिममा रहेको भविष्यवाणी गरेका थिए। चीन, ताइवान र ओकीनावामा बाढी आउने प्रक्षेपण गरिएको थियो। सोही समयमा नै जुनको मध्यमा चीन, जापानको केही, भाग, उत्तर र दक्षिण कोरियामा बाढीको सम्भावना दर्साइएको थियो।

विगतका केही वर्ष पूर्वी एसिया यस्तै समस्याले प्रभावित थियो। भीषण वर्षा, बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुनेक्रम यस अघि सन् २०२१ मा सबैभन्दा बढी थियो। मूल सहर भन्दा ग्रामीण भेगमा सो समयमा समस्या उत्पन्न भएको थियो।

चीनका हेलीङओजीयाङ, हुवाइए, लाइयो, पर्ल, सोङगुजीयाङ र याङटे प्राय जसो बाढीबाट प्रभावित हुने नदी हुन्। यसै गरी दक्षिण कोरियाका हान, नाङडोङ,योङसान र गेरुम तथा उत्तर कोरियाका तुमेन, यालु, टीयाडोङ र बुखान नदी धेरैजसो बाढीबाट प्रभावित हुने गरेका छन्। जापानका टोन, इसिकारिन, सिनामो, किताकामी र किसो पनि बाढी प्रभावित हुने गरेका छन्।

सुपर तुफान मध्य सन् २०१८ मा हङकङमा आएको म्याङखुटलाई सबैभन्दा क्षतिपूर्ण मानिन्छ। सो सुपर तुफानका कारण ५ सय भन्दा बढी घाइते भएका थिए। ६० हजार भन्दा बढी रुख त जरैबाट ढलेका थिए।

तुफानलाई उष्णक बन्धीय चक्र बातको रूपमा पनि चिनिन्छ। यसलाई पूर्वी एसियामा प्राय जसो तुफान तथा एटलान्टीक र उत्तर पूर्वी प्यासिफिक क्षेत्रमा हुरी केनको नाममा चिनिन्छ। दक्षिण पूर्वी हिन्द महासागरको सेरोफेरोमा यसलाई चक्र बातकै नामले चिनिन्छ। यस किसिमका आँधी आउँदा हावाको गति १ सय १९ किलोमिटर प्रतिघण्टासम्म हुनसक्छ।

यो सामान्य तुफानको कुरा भयो। सुपर तुफानको असर अहिले संसारमा परेको छ। यस सुपर तुफानका काराण धेरै जनको जीवन खतरामा परेको छ। यस्ता सुपर तुफानमा हावाको गति दुई सय ५० किलोमिटर प्रतिघण्टासम्म हुनसक्छ। भूमध्य सागर र समुद्रको छेउमा रहेको स्थानमा यस्ता सुपर तुफानको जोखिम बढी हुन्छ।

यसरी आएका सुपर तुफान मध्य सन् २०१८ मा हङकङमा आएको म्याङखुटलाई सबैभन्दा क्षतिपूर्ण मानिन्छ। सो सुपर तुफानका कारण ५ सय भन्दा बढी घाइते भएका थिए। ६० हजार भन्दा बढी रुख त जरैबाट ढलेका थिए। पाँच सय घर भत्किए। ४० हजार जना घरमा भएको क्षतिका कारण प्रभावित भए भने थुप्रै घर त भग्नावशेषको रूपमा परिणत भए।

सन् २०१९ को अगस्टमा जापानमा हागीबीस नामको सुप तुफान आएको थियो। त्यसैका कारण ९८ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भए।

सन् २००९ को अगस्टमा ताइवानमा आएको मुराकोट तुफान पनि त्यस्तै डरलाग्दो थियो। त्यस समयमा गएको पहिरोका कारण ६ सय ७७ जनाको ज्यान गएको थियो भने तीन सय मिलियन अमेरिकी डलर बराबरको बाली नष्ट भएको थियो। विद्युत् आपूर्ति बन्द भएपछि धेरै घरका बासिन्दा पुनस्थापीत हुन सङ्घर्ष गरिरहेका छन्।

सन् २०१९ को अगस्टमा जापानमा हागीबीस नामको सुप तुफान आएको थियो। त्यसैका कारण ९८ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भए। दुई लाख ७० हजार जना त विद्युत् आपूर्तिबाट विमुख भए। तुफानका कारण १५ बिलियन अमेरिकी डलर बराबरको क्षति भएको थियो। जलवायु परिवर्तनका कारण धेरै क्षति यसअघि नै भएको थियो। कार्बन उत्सर्जन बढ्दै जाँदा सुपर तुफानको जोखिम अझ बढी हुनसक्छ। समुद्री तटीय सहर त यसको जोखिममा पर्नु स्वाभाविक नै भयो। स्रोतः बीबीसी, गर्दा डटकम, ग्रिन पिस डट ओआरजी

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ८ : ०३ बजे

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

तनहुँ– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन– मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत