सुन तस्करीमा मेरो संलग्नता छैन : महरा  « Khabarhub

सुन तस्करीमा मेरो संलग्नता छैन : महरा 


१८ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेका समाचारप्रति कुनै सत्यता नरहेको र आफू त्यसमा संलग्न नभएको प्रष्ट पारेका हुन् ।

चिनियाँ व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन् । उनले सो प्रकरणमा अनुसन्धान गर्न आफूले सघाउने पनि बताएका छन् । 

उनले लेखेका छन्– ‘केही दिन यता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरी पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने  प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

गत पुस १० गते विद्युतीय चुरोटमा लुकाएर ल्याइएको ९ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो।

चिनियाँ नागरिक ली हानसङले ल्याएको तस्करीको सुन छुटाउन महरा र उनका छोरा राहुलले पटकपटक भन्सार अधिकारीहरूलाई दबाब दिएको सार्वजानिक भएको थियो।

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ९ : ४४ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा