सुन तस्करीमा मेरो संलग्नता छैन : महरा  | Khabarhub Khabarhub

सुन तस्करीमा मेरो संलग्नता छैन : महरा 


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेका समाचारप्रति कुनै सत्यता नरहेको र आफू त्यसमा संलग्न नभएको प्रष्ट पारेका हुन् ।

चिनियाँ व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन् । उनले सो प्रकरणमा अनुसन्धान गर्न आफूले सघाउने पनि बताएका छन् । 

उनले लेखेका छन्– ‘केही दिन यता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरी पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने  प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

गत पुस १० गते विद्युतीय चुरोटमा लुकाएर ल्याइएको ९ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो।

चिनियाँ नागरिक ली हानसङले ल्याएको तस्करीको सुन छुटाउन महरा र उनका छोरा राहुलले पटकपटक भन्सार अधिकारीहरूलाई दबाब दिएको सार्वजानिक भएको थियो।

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ९ : ४४ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि