नेपालगञ्ज उपमहानगरले आवास जोखिम बीमा लागू गर्ने | Khabarhub Khabarhub

नेपालगञ्ज उपमहानगरले आवास जोखिम बीमा लागू गर्ने


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नम्बर ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागू गर्न लागिएको हो ।

जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागू गर्न लागेको हो ।

बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नम्बर ३ र ७ मा बढी भएको हुँदा सुरुआती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

उनले भने, ‘नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरुआती चरणमा ३ र ७ लाई लिएका छौँ, बीमा शुल्कबापत नगरले १५ लाखसम्मको रकम उपलब्ध गराउनेछ ।’

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडामा २० टोलमा सहरी विपद् र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफललगायतका क्रियाकलाप गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १० : ४२ बजे

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी– बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी 

काठमाडौं– अहिले मंसिर महिना चलिरहेको छ । मंसिर महिनालाई धेरै

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ