अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ खुला « Khabarhub

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ खुला


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अप्पर लोहोरे खोला हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।

यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ३२ गतेसम्म सेयर भर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असोज ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज ३ गतेसम्म रहनेछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ११ : ४२ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र