एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २२ गतेसम्मलाई स्थगित « Khabarhub

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २२ गतेसम्मलाई स्थगित


१८ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिहीबार बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् ।

प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमालेले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएका हुन् । 

बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गरेका छन् । 

सांसद श्रेष्ठले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे। उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म राष्ट्रिय सभाको बैठक अगाडि बढाउन नहुने उनको भनाइ थियो।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठकको कामकारबाही अघि बढाउन खोजेका थिए। एमाले सांसदले विरोध जारी राखेपछि राष्ट्रियसभा बैठक साउन २२ गते बस्ने गरी स्थगन भएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १ : ५० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको