चाँगुनारायणमा ८१ प्रतिशत बजेट खर्च « Khabarhub

चाँगुनारायणमा ८१ प्रतिशत बजेट खर्च


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आर्थिक वर्ष २०७९-८० मा चाँगुनारायण नगरपालिका ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ । काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ । 

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीका अनुसार नगरपालिकाले चालुतर्फ रु ८० करोड १० लाख ७७ हजार विनियोजन गरेकामा रु ६७ करोड २१ लाख दुई हजार (८३ दशमदव नौ प्रतिशत)पुँजीगततर्फ रु एक अर्ब ३३ करोड ७२ लाख २७ हजार विनियोजन गरेकामा रु एक अर्ब छ करोड ५५ लाख ६९ हजार (७९ दशमलव ६९ प्रतिशत) खर्च गरेको छ । नगरपालिकाले चालु र पुँजीगततर्फ गरेर कुल रु दुई अर्ब १३ करोड ८३ लाख पाँच हजार विनियोजन गरेकामा कुल रु एक अर्ब ७३ करोड ७६ लाख ७२ हजार खर्च गरेको छ । 

‘चाँगुनारायण उपत्यकामै विकास बजेट बढी खर्च गर्ने स्थानीय तह बनेको छ’, उनले भने। आर्थिक वर्ष सुरु हुनेबित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र आह्वान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तीव्रगतिमा विकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तीव्रता र पूर्णता दिन सफल भएको प्रमुख खत्रीले बताए ।

यसैगरी सूर्यविनायक नगरपालिकाले भने पुँजीगततर्फ रु एक अर्ब दुई करोड बजेट विनियोजन गरेकामा रु ६४ करोड ७६ लाख ९६३ प्रतिशत० रकममात्र विकास बजेटतर्फ खर्च गरेको छ । त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पुँजीगततर्फ रु एक अर्ब ११ करोड बजेट विनियोजन गरेकामा रु ६० करोड ११ लाख (५३ दशमलव ९९ प्रतिशत) खर्च गरेको छ । 

यस्तै भक्तपुर नगरपालिकाले पुँजीगतर्फ रु ७३ करोड ५८ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड (२ लाख ९० हजार ९५४ दशमलव २७ प्रतिशत) खर्च गरेको छ । भक्तपुर जिल्लाका चार पालिकामध्ये विकास बजेट सबभन्दा कम खर्च गर्नेमा भक्तपुर नगरपालिका रहेको छ । भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले भने विकास बजेट खर्चको लक्ष्य हासिल गर्न सकेनन् । 

आर्थिक वर्ष २०७९÷८० मा पुँजीगततर्फ बजेट खर्चने उपत्यकाका २१ पालिकामध्ये ललितपुर जिल्लातर्फ ललितपुर महानगरपालिकाले ५५ प्रतिशत, गोदावरी नगरपालिकाले ६८ दशमलव १७ प्रतिशत, महालक्ष्मी नगरपालिकाले ४३ दशमलव १७ प्रतिशत, कोन्ज्योसोम गाउँपालिकाले ७८ दशमलव ३७ प्रतिशत, बागमती गाउँपालिकाले ७९ दशमलव ५९ प्रतिशत, महाङ्काल गाउँपालिकाले ५६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेका छन् । 

त्यस्तै काठमाडौँ महानगरपालिकाले २५ दशमलव ८४ प्रतिशत, चन्द्रागिरि नगरपालिकाले ५९ दशमलव ६२ प्रतिशत, नागार्जुन नगरपालिका ४१ दशमलव २८ प्रतिशत, कीर्तिपुर नगरपालिकाले ५९ दशमलव ८६ प्रतिशत, टोखा नगरपालिकाले ६६ प्रतिशत, दक्षिणकाली नगरपालिकाले ७२ दशमलव ३३ प्रतिशत, शङ्खरापुर नगरपालिकाले ४६ दशमलव ५७ प्रतिशत, तारकेश्वर नगरपालिकाले ६७ दशमलव ३८ प्रतिशत, बूढानीलकण्ठ नगरपालिकाले ३८ प्रतिशत, कागेश्वरी–मनोहरा नगरपालिकाले ६० प्रतिशत तथा गोकर्णेश्वर नगरपालिकाले ६८ दशमलव दुई प्रतिशत विकास बजेट खर्च गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ६ : ५५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर