५२ करोड राजस्व संकलन  « Khabarhub

५२ करोड राजस्व संकलन 


१८ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९-८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फछर्यौट गरेको छ ।

सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व संकलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण प्रस्तुत गर्दै जानकारी दिएका हुन् । 

गत आवमा आठ हजार सात सय १९ विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कानूनी कारबाही भइरहेको तथा फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय एवं जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार चार सय ६६ जना फरार प्रतिवादी पक्राउ गरिएको र रु चार करोड २४ लाख १२ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रमुख बाँस्तोलाले जानकारी दिए।

यसैगरी भन्सार चोरी निकासी तर्फ अवैध रुपमा सामान चोरी निकासी गर्ने एक सयजना मानिस पक्राउ गर्नुका साथै रु २६ करोड ९८ लाख ३८ हजार नौ सय ८० राजस्व भएको जनाइएको छ ।

 यस्तै नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ७४ व्यक्ति र तीन सय ३३ नदीजन्य पदार्थ उत्खनन गर्ने तथा ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै रु ३९ लाख २८ हजार पाँच सय ३५ राजस्व सङ्कलन भएको, अवैध काठ चोरी निकासी गर्ने ३८ व्यक्ति पक्राउ गरी पाँच हजार नौ सय ६१ क्यूफिट काठ बरामद गरी रु एक करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन भएको बताइएको छ ।

ट्राफिक व्यवस्थापन तर्फ सोही वर्षमा ट्राफिक नियम उल्ङ्घन गर्ने तीन लाख एक हजार सात सय ४९ सवारी साधनलाई कारबाही गर्दा रु २३ करोड ४८ लाख ६६ हजार राजस्व सङ्कलन भएको तथा लागूऔषध नियन्त्रण तर्फ गाँजा पाँच हजार आठ सय १५ किलो, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर दुई किलो ७९ ग्राम आठ सय ४९ मिलिग्राम, विभिन्न मनोद्विपक क्याप्सुल २७ हजार छ सय १८, मनोद्धिपक एम्पुल १० हजार एक सय ७५ र मनोद्विपक औषधि तीन सय १७ क्याप्सुल नियन्त्रण गरिएको तथा एक हजार सात सय ६३ रोपनी क्षेत्रफलमा लगाइएको छ लाख ७५ हजार तीन सय १४ बोट गाँजा नष्ट गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले गएकै वर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशभरि विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिई १० लाख ३१ हजार तीन सय ५१ जना लाभान्वित भएको जनाए।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ३४ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल