रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनीको आरोप « Khabarhub

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनीको आरोप


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् ।

मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले बताए । । “रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,” जेलेन्स्कीले बुधबार भिडियो सम्बोधनमा भने । “उसले विश्वव्यापी विपत्तिको विरूद्धमा लडिरहेको छ ।

उनीहरूलाई विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहन्छन्, मूल्य सङ्कट चाहिएको छ, आपूर्तिमा अवरोध चाहिएको छ,” जेलेन्स्कीलाई उद्धृत गर्दै अल जजिराले भनेको छ ।

युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार बुधबार बिहानै कीएभमा ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको थियो । रूस र युक्रेन दुवैले मङ्गलबार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको हो ।

यसैबीच युक्रेनले बुधबार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले जनाएको छ । कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधबार बिहान एक टेलिग्राम पोस्टमा किभमाथि १० वटा ड्रोन खसालेको पुष्टि गरे ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार रूसमा युद्ध ‘बिस्तारै फर्कँदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ८ : २१ बजे

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी