डेंगु नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ : कांग्रेस « Khabarhub

डेंगु नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ : कांग्रेस


१८ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सत्तारूढ दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

अहिले कांग्रेसकै नेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ।

साथै, रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यलाई आह्वान पनि गरिएको छ।

‘डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोसी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौँको ज्यान गइसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौँको संख्यामा नागरिक सिकिस्त बिरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँछ ।’

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ९ : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का