गर्भवतीमा किन हुन्छ मधुमेहको जोखिम ? « Khabarhub

गर्भवतीमा किन हुन्छ मधुमेहको जोखिम ?


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय गर्भवतीमा उच्च रक्तचाप र मधुमेह लगायतका समस्या देखिने गरेको पाइन्छ। बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या आएको चिकित्सक बताउँछन्। कतिपय महिलाले यसको नराम्रो परिणाम भोगिरहेका पनि छन्। आफू र आफ्ना सन्तानको ज्यान जोखिममा राखेर बच्चा जन्माइरहेकाले पनि पछिल्लो समय उच्च रक्तचाप र मधुमेहको समस्या धेरै मात्रामा बढेको छ। यसै विषयमा आधारित रहेर खबरहबका लागि सिनियर गाइनोक्लोजिष्ट डा. जागेश्वर गौतमसँग गरिएको कुराकानीको सम्पादित अंशः

गर्भवतीमा मधुमेह किन देखा पर्दछ ?
गर्भावस्थामा हुने सुगर दुई प्रकारको हुन्छ। एउटा गर्भ बस्नु भन्दा पहिला सुगर नदेखिएको र पछि देखिएको भए त्यो ‘डाइबेटिज मेलाइटेज’ हो। अर्को गर्भवती हुनुभन्दा पहिला सुगर नर्मल र पछि बढ्ने हुन्छ। त्यसलाई हामी जिडियम भन्छौँ। इन्सुलेन्ट भन्ने हर्मन जुन सुगरलाई पचाउने हुन्छ। त्यो इन्सुलेन्टको विपरीतमा काम गर्ने हर्मन गर्भावस्थामा ओभरीबाट प्रशस्त बन्छ। त्यसैले सुगर देखिन्छ। धेरै जसोको यो डेलिभरी भएको ६ हप्ता तिर नर्मल हुन्छ। कसै कसैको पछि पनि रहन्छ। कसैको बाबा र आमामा डाइबेटिज छ भने गर्भावस्थामा नदेखिने पछि देखिने हुन्छ। तर, अरू बेला छैन र गर्भावस्थामा मात्र बढ्यो भने त्यो नर्मल हुन्छ।

कुनै महिलामा पहिलो सन्तान जन्माउँदा सुगर भयो भने दोस्रो बच्चा जन्माउन मिल्छ ?
डाइबेटिज म्यानेज गरेर दोस्रो बच्चा जन्माउन मिल्छ। गर्भावस्थामा डाइबेटिज हुदाँ हामी इन्सुलिन दिएर कम गराउँछौ। अरू औषधि भने दिँदैनौँ। किनकी हामीले रगत जाँच गर्ने बेला ठिक छ। अरू बेला बढ्यो भने पनि बच्चालाई असर गर्दछ। बच्चा ठूलो हुनसक्छ। बच्चामा हाइपोथर्मिया हुनसक्छ। महिना नपुगी बच्चा बिग्रिने डर हुन्छ। पेटमा नै बच्चा मर्ने सम्भावना हुन्छ। त्यसैले राम्रोसँग कन्ट्रोल गर्नु पर्दछ।

सामान्य गर्भवतीले सुगर नहोस् भनेर कस्तो खाना खानु पर्दछ ?
अरू बेला भन्दा गर्भवती भएको बेला धेरै खानु पर्दछ किनभने बच्चालाई पनि डाइट चाहिन्छ। अरु बेला एउटा मामान्य मान्छेले १८०० क्यालोरी डाइट खानु पर्दछ र गर्भावस्थामा त्यो भन्दा ५०० देखि ७०० थप खाना खानु पर्दछ। ४० प्रतिशत प्रोटिन ३० प्रतिशत कार्बोहाइडेड। ३० प्रतिशत फ्याट र अरू मिनिरल सबै मिलाएर खानु पर्दछ। तर, यो एउटा फर्मुला भयो। बिरामीको तौलको आधारमा पनि खानुपर्दछ। जसले गर्दा समस्या आउँदैन।

मानौ एक महलालाई पहिलो सन्तान हुँदा सुगर भयो भने त्यो पछि निको हुने सम्भावना कति हुन्छ ?
९६ प्रतिशत जतिमा नर्मल हुन्छ। जेस्टेसनल डाइबेटिज जुन गर्भावस्थामा हुन्छ। पछि आफै निको हुन्छ। अहिले यो अस्पतालको रेकर्डमा १०० जनामा महिलामा उहाँको २६ देखि २८ हप्ताको बीचमा ५० ग्राम ग्लुकोज खान दिएर रगत जाँच गछौँ। त्यो रगतको मात्रा धेरै देखियो भने हामी इटिटी भन्ने जाँच गछौँ। त्यो गरेर ६ पटकमा चाहिँ जेस्टेसनल डाइबेटिज भेटिएको छ। त्यो ६ हप्तासम्म पनि डाइबेटिज कन्ट्रोल भएन भने हर्मन नभएको परिवार नियोजनको साधन प्रयोग गर्न सल्लाह दिन्छौँ। पटक पटक बच्चा बिग्रिएको छ भने जेस्टेसनल डाइबेटिज हुनसक्छ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : ०२ बजे

गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सुरेन्द्र

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

 काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन– जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका

दोस्रो आर्थिक गणना सुरु 

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ