महिला टी–ट्वान्टी : भुटानद्वारा नेपालसामु ४० रनको लक्ष्य | Khabarhub Khabarhub

महिला टी–ट्वान्टी : भुटानद्वारा नेपालसामु ४० रनको लक्ष्य


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल जारी रहेको छ । मलेसियाको बांगीमा जारी खेलमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी पूजा महतोले ३ विकेट लिइन् । यस्तै कप्तान रुविना क्षेत्री बेलबासे, खुशी डंगोल र कविता कुँवरले समान एक–एक विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा बहराइनलाई हराएको थियो ।

नेपालले चौथो खेल भोलि कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : १५ बजे

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी