अपर तामाकोशीको भोलिबाट शतप्रतिशत हकप्रद सेयर खुला हुँदै « Khabarhub

अपर तामाकोशीको भोलिबाट शतप्रतिशत हकप्रद सेयर खुला हुँदै


१७ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भोलिदेखि शतप्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ ।

कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार अपरले १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।

यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज ७ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने सूचनामा उल्लेख छ ।

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्।

यसमा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत रकम संकलन गर्न लागेको हो ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ११ : २९ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्