सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : कांग्रेस नेता महर « Khabarhub

सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : कांग्रेस नेता महर


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कावासोती- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिए ।

‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट ग्रसित किसानका गोठमा भ्याक्सिन पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । राष्ट्रियताका सरकारले चट्टानी अडान राख्नु पर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् ।’ उनले भने कांग्रेस सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा अब छैन ’

उनले सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै जनतालाई सत्य कुरा अवगत गर्न सक्नुपर्ने बताएका छन् ।

कांग्रेस जनताको पार्टी भएकाले जनभावना विपरीतका कुनै कार्य स्वीकार्य नहुने उनले बताए । ‘कांग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके यसको विकल्प खोज्न हामी बाध्य हुनेछौं । सरकारलाई विस्थापित गर्नुपर्ने अवस्था आउनसक्छ । तर, हाम्रो चाहना सरकार जनताप्रति जिम्मेवार बनोस्, सुध्रियोस् भन्ने छ’ उनले भने ।

सामाजिक रुपान्तरणमा पनि मुलुकमा कांग्रेसले अहम् भूमिका निर्वाह गर्दै आएको महरको दाबी छ । ‘शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछुतको अन्त्य, भूमिसुधार लागू, समावेशी सिद्धान्त अनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोगजस्ता आयोगको गठनमा कांग्रेसको अहम् भूमिका छ’ उनले भने, ‘पछाडि परेका वर्गका लागि संवैधानिक व्यवस्था गरिएपनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ । अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’

कांग्रेस जिल्ला समिति नवलपुरले आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश माहमन्त्री विष्णु लामिछानेलगायतले पनि सरकार सच्चिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : ४३ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका