साहित्य महोत्सवमा गीतसङ्गीतको चर्चा « Khabarhub

साहित्य महोत्सवमा गीतसङ्गीतको चर्चा


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा गीतसङ्गीतका विषयमा छलफल गरिएको छ । ‘गीतमा के भइरहेको छ ?’ सत्रमा गीतकार एसपी कोइराला, उन्नती बोहोरा ‘सिला’ र हर्क साउदले छलफल गरे । रेडियो नेपालकालीन समयदेखि नै गीत रचना गरिरहेका गीतकार कोइरालाले रेकर्डिङका समयमा खेप्नुपरेका समस्याबारे चर्चा गरे ।

“एउटा गीत रेकर्ड हुँदै थियो । आधातिर पुगेपछि बाँसुरी बजाउनेलाई खोकी लागेपछि उक्त रेकर्ड नै दोहोर्‍याएर गर्नुपर्‍यो”, उनले भने, “अहिले गीतसङ्गीतका क्षेत्रमा प्रविधिले निकै परिवर्तन ल्याएको छ ।” गीत उद्योगका रुपमा विकास हुँदै गएको बताउँदै कोइरालाले पछिल्लो समय धेरै गीतकार बजारमा आएका बताए ।

गीतकारहरु सङ्गठित भएका भन्दै गीतकारको लगानीको प्रतिफल भने सुरक्षित हुन नसकेको उनले बताए । गीतकार उन्नति बोहोरा ‘सिला’ले आफूलाई चिनाउने गीत ‘फर्की आऊ शान्ति तिमी’ को प्रसङ्ग स्मरण गरिन् ।

उनले भनिन्, “तत्कालीन समयमा देशको शान्ति सुरक्षा खलबलिएका बेला यो गीतको रचना गरेको थिए । त्यसपछि धरतीको सन्देश लेखेँ । राष्ट्रियताको गीतले शान्तिको आह्वान गरेको थियो ।” गीत लेख्न गहिरो चिन्तन र साधना चाहिने उनले अनुभव साटिन् ।

अहिलेको पुस्तामा लोकप्रिय गीतकार हर्क साउदलाई चिनाउने गीत ‘सुन साइँली’ हो । उनले यसलाई २० मिनेटमै तयार गरेका थिए । “म गीत रचना अगाडि भिडिओका बारेमा बुझ्छु र त्यहिँ भावमा शब्द कोर्छु । एउटा गीत लेख्न छ महिनासम्मको समय पनि लिएको छु”, गीतकार साउदले भने ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : ४० बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले