साहित्य महोत्सवमा गीतसङ्गीतको चर्चा « Khabarhub

साहित्य महोत्सवमा गीतसङ्गीतको चर्चा


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा गीतसङ्गीतका विषयमा छलफल गरिएको छ । ‘गीतमा के भइरहेको छ ?’ सत्रमा गीतकार एसपी कोइराला, उन्नती बोहोरा ‘सिला’ र हर्क साउदले छलफल गरे । रेडियो नेपालकालीन समयदेखि नै गीत रचना गरिरहेका गीतकार कोइरालाले रेकर्डिङका समयमा खेप्नुपरेका समस्याबारे चर्चा गरे ।

“एउटा गीत रेकर्ड हुँदै थियो । आधातिर पुगेपछि बाँसुरी बजाउनेलाई खोकी लागेपछि उक्त रेकर्ड नै दोहोर्‍याएर गर्नुपर्‍यो”, उनले भने, “अहिले गीतसङ्गीतका क्षेत्रमा प्रविधिले निकै परिवर्तन ल्याएको छ ।” गीत उद्योगका रुपमा विकास हुँदै गएको बताउँदै कोइरालाले पछिल्लो समय धेरै गीतकार बजारमा आएका बताए ।

गीतकारहरु सङ्गठित भएका भन्दै गीतकारको लगानीको प्रतिफल भने सुरक्षित हुन नसकेको उनले बताए । गीतकार उन्नति बोहोरा ‘सिला’ले आफूलाई चिनाउने गीत ‘फर्की आऊ शान्ति तिमी’ को प्रसङ्ग स्मरण गरिन् ।

उनले भनिन्, “तत्कालीन समयमा देशको शान्ति सुरक्षा खलबलिएका बेला यो गीतको रचना गरेको थिए । त्यसपछि धरतीको सन्देश लेखेँ । राष्ट्रियताको गीतले शान्तिको आह्वान गरेको थियो ।” गीत लेख्न गहिरो चिन्तन र साधना चाहिने उनले अनुभव साटिन् ।

अहिलेको पुस्तामा लोकप्रिय गीतकार हर्क साउदलाई चिनाउने गीत ‘सुन साइँली’ हो । उनले यसलाई २० मिनेटमै तयार गरेका थिए । “म गीत रचना अगाडि भिडिओका बारेमा बुझ्छु र त्यहिँ भावमा शब्द कोर्छु । एउटा गीत लेख्न छ महिनासम्मको समय पनि लिएको छु”, गीतकार साउदले भने ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : ४० बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्