गदर–२ को नजर ५०० करोड क्लबतिर « Khabarhub

गदर–२ को नजर ५०० करोड क्लबतिर


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- गदर–२ ले अब ५०० करोड क्लबमा आफ्नो नजर राखेको छ । फिल्मको कुल कलेक्सन ४८२.४५ करोड भारतीय रुपैयाँ पुगेको छ । फिल्मले बिहीबार ८.१० करोड कमाएको छ । चलचित्र रिलिज भएको तीन साता बितिसक्दा पनि कमाईमा कमी आएको छैन ।

अर्कोतर्फ आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल–२ को कमाई पनि राम्रो छ । बिहीबार फिल्मले ७.५० करोड कमाएको थियो । यस हिसाबले फिल्मले पहिलो साता ६७ करोड कमाएको छ । तेस्रो हप्तामा पनि गदर–२ ले राम्रो काम गरेको छ । तेस्रो हप्तामा फिल्मले ६३.३५ करोड कमाएको छ ।

आइतबारसम्म फिल्मले ५ सय करोडको आँकडा पार गर्न सक्छ । गदर–२ को कमाइ देखेर सबै छक्क परेका छन् । फिल्मले करिब ५ सय करोडको आँकडा पुग्ने अनुमान कसैलाई पनि थिएन । चलचित्रको कमाई पहिलो हप्ता २८४.६३ करोड, दोस्रो हप्ता १३४.४७ करोड र तेस्रो हप्ता ६३.३५ करोड रहेको छ ।

गदर–२ सँग अब अझै एक साता बाँकी छ किनभने शाहरुख खानको फिल्म जवान सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । यो एक साताको कमाईले फिल्मको लाइफटाइम व्यापार निर्धारण गर्नेछ ।

गदर–२ ले समग्रमा ५१० करोड रुपैयाँभन्दा बढी संकलन गर्न सक्ने केही व्यापार विज्ञको अनुमान छ । यस्तो भयो भने फिल्मले बाहुबली–२ को रेकर्ड तोड्ने छ । यद्यपि फिल्मले त्यहाँसम्म पुग्न ३० करोड बढी कमाउनुपर्ने हुन्छ ।

योसँगै पठानको कीर्तिमानमा पुग्न करिब ६० करोड कमाउनुपर्नेछ । विशेष कुरा के छ भने गदर–२ पठान र बाहुबलीभन्दा कम स्क्रिनमा रिलिज भएको थियो । एकै समयमा ओएमजी–२ सँग भिडन्त भएको थियो । यदि फिल्म एकल रिलिज हुन्थ्यो भने पठानको रेकर्ड अहिलेसम्म तोडिसकेको हुन्थ्यो ।

गदर–२ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । इन्डस्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार फिल्मले विश्वभर ६३१.८० करोड भारुभन्दा धेरै कमाई गरेको छ । फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो कमाइ गरिरहेको छ ।

ड्रीम गर्ल २ को कमाई जवान रिलिज भएपछि ड्रीम गर्ल २ ले पनि घाटा बेहोर्नु पर्नेछ । फिल्मले हालसम्म ६७ करोड कमाइसकेको छ । यसको लाइफटाइम कलेक्सन ९० देखि ९५ करोड सम्म हुन सक्ने बताइएको छ ।

फिल्मको बजेट ३५ करोड रहेको छ । त्यस अनुसार फिल्मले हिटको संज्ञा पाउन सक्छ । आयुष्मान खुरानाका पछिल्ला केही फिल्मको रेकर्ड हेर्दा ड्रीम गर्ल–२ ले राम्रो प्रदर्शन गरेको छ ।

(स्रोतः एएनआई)

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : ५५ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र