नेप्से परिसूचक उच्च अङ्कले ओरालो « Khabarhub

नेप्से परिसूचक उच्च अङ्कले ओरालो


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ ।

विभिन्न कम्पनीका कूल ४० लाख ५३ हजार तीन सय ६८ कित्ता शेयर रु एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार सय १० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड ८८ लाख ८८ हजार एक सय छ मूल्य बराबरको शेयर कारोबार भयो ।

यस्तै आइएमइ लाइफ इन्स्योरेन्स रु तीन करोड ७६ लाख ४१ हजार नौ सय ४६, सिटी होटल रु तीन करोड ७४ लाख दुई हजार सात सय ८०, माछापुच्छ्रे  बैंक रु तनि करोड ४९ लाख ६६ हजार तीन सय दुई र एभरेष्ट बैंक रु तीन करोड २३ लाख ४३ हजार सात सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सिक्लेस हाइड्रोपावर पाँच दशमलव ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलव शून्य तीन, बुद्धभूमि नेपाल हाइड्रोपावर एक दशमलव ९६ र सिटिजन म्युचुअल फण्ड दोस्रोको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले बढेको छ ।

यस्तै लिवर्टी इनर्जी रसिटी होटलको शेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लागेको छ । ग्रीन भेञ्चर्स आठ दशमलव ७९, कुथेली बुखरी स्मल हाइड्रोपावर आठ दशमलव ३९ र सामलिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव २२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ०९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने