शान्ति प्रक्रियाका विषयमा अमेरिकी सिनेटर भान होलेनको चासो « Khabarhub

शान्ति प्रक्रियाका विषयमा अमेरिकी सिनेटर भान होलेनको चासो


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन् ।

आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सिनेटर होलेनले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरेका हुन् ।

त्यस्तै, भेटवार्तामा दुई देशीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो । भेटवार्तापछि सिनेटर होलेनले अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो ।

त्यस्तै, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई देशबीचको सम्बन्धको बिषयमा कुराकानी भएको र सिनेटरले नेपालको शान्ति प्रक्रियाका बारेमा जिज्ञासा राखेको जानकारी दिए । जवाफमा एमाले अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला र पीडितमैत्री हुनेगरी शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने बताएका थिए ।

भेटवार्तामा सिनेटरले एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको अवस्थामा आफूहरु खुसी र सकारात्मक भएको बताएका थिए । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नेपाल आएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ५ : ४५ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्