शान्ति प्रक्रियाका विषयमा अमेरिकी सिनेटर भान होलेनको चासो « Khabarhub

शान्ति प्रक्रियाका विषयमा अमेरिकी सिनेटर भान होलेनको चासो


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन् ।

आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सिनेटर होलेनले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरेका हुन् ।

त्यस्तै, भेटवार्तामा दुई देशीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो । भेटवार्तापछि सिनेटर होलेनले अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो ।

त्यस्तै, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई देशबीचको सम्बन्धको बिषयमा कुराकानी भएको र सिनेटरले नेपालको शान्ति प्रक्रियाका बारेमा जिज्ञासा राखेको जानकारी दिए । जवाफमा एमाले अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला र पीडितमैत्री हुनेगरी शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने बताएका थिए ।

भेटवार्तामा सिनेटरले एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको अवस्थामा आफूहरु खुसी र सकारात्मक भएको बताएका थिए । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नेपाल आएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ५ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु