मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको छु : मन्त्री भुसाल « Khabarhub

मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको छु : मन्त्री भुसाल


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको बताएका छन् ।

मन्त्रीको पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद प्रक्रिया छोट्याउन सार्वजनिक खरिद ऐन र नियमावलीमा संशोधन प्रस्ताव गरिएको बताए ।

उनले मल कारखाना अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको बताए । उनले बाँझो जमिन उपभोग कार्यक्रम, कृषि विकास उद्यमशिलता कार्यक्रम, हरित विद्यालय र पोषण शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

कृषिमा दिइने अनुदानलाई उत्पादनमा आधारित बनाउन उत्पादन साथमा नगद हातमा भन्ने नीति अवलम्वन गरिएको उनको भनाइ छ । मन्त्री भुसालले लम्पी स्किन रोगको उपचार प्रभावकारी रुपमा गरिएकाले रोगको संक्रमण कम हुँदै गएको र स्वदेशमा नै यस रोगको खोप उत्पादन गर्नका लागि छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया अघि बढाइएको बताए ।

उनले अहिलको चैते धानको उत्पादनलाई दोब्बर बनाए करिब ७ लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताए । त्यस्तै, विभिन्न देशहरुसँग कृषि क्षेत्रमा सहयोग र सम्भावनाबारे छलफल गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : ३७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा