के हो अकुपन्चर उपचार विधि ? | Khabarhub Khabarhub

के हो अकुपन्चर उपचार विधि ?

आयुर्वेद पद्धतिमा लोकप्रिय बन्दै अकुपन्चर उपचार


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा देखिएका छन्। आधुनिक चिकित्सा पद्धतिले सकारात्मक भूमिका खेले पनि लामो समयसम्म बिरामीले औषधि सेवन गरिराख्नुपर्ने हुँदा पछिल्लो समय बिरामीको अकुपन्चर प्राकृतिक उपचार विधिमा आकर्षण बढ्दो रूपमा रहेको छ। रोग लाग्ने बित्तिकै तत्काल औषधि सेवनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई प्राथमिकतामा राखिएको हुँदैन। त्यसको फलस्वरूप मानव स्वास्थ्य गम्भीर असर परिरहेको हुन्छ। जुन तत्कालको स्थितिमा देखा पर्दैन। यो समस्याबाट राहत पाउने विकल्प अकुपन्चर प्रविधि बनेको छ। अकुपन्चर जस्ता प्राकृतिक उपचार विधिले मानव स्वास्थ्यमा असर नगर्नुका साथै ठुलो आर्थिक भारसमेत पर्दैन। विश्वमा जस्तै नेपालमा पनि यसको प्रयोग दिनानुदिन बढ्दोक्रममा रहेको छ। आधुनिक चिकित्सा पद्धति भन्दा प्राकृतिक र अकुपन्चर विधिको उपचारमा धेरैले विश्वास राख्न थालेका छन्। अकुपन्चर कस्तो उपचार विधि हो ? त्यसैले कस्तो समस्यामा यो विधिको प्रयोग गरिन्छ ? कुन समस्यामा कसरी प्रयोग गर्नुपर्छ ? यसै विषयमा आधारित भएर खबरहबका लागि आयुर्वेदिक अकुपन्चर विशेषज्ञ डा. राधेश्याम शिल्पकारसँग गरिएको कुराकानीको सम्पादित अंश :

अकुपन्चर कस्तो उपचार विधि हो ?
अकुपन्चर भनेको चाइनाबाट विकास भएको एउटा चिकित्सा पद्धति हो। यो अकु र पन्चर मिलेर बनेको छ। ‘अकु’ भनेको कुनै पनि तिखो चिजलाई जनाउँछ भने ‘पन्चर’ भनेको घोच्ने हो। कुनै तिखो उपकरणले शरीरमा घोचेर उपचार गर्ने प्रविधि नै अकुपन्चर हो।

यो विधि कस्तो समस्यामा बढी प्रयोग गरिन्छ ?
यो विधि विशेषगरी नशा सम्बन्धी रोग, कम्मर र गर्दनको दुखाइ, माइग्रेन, एन्जाइटी, डिप्रेसन, ग्यास्ट्रिकको समस्यामा प्रभावकारी छ। प्यारालाइसिस, हाड–जोर्नी र खुट्टाको दुखाइ वा माइग्रेन, ओस्टियोआर्थराइटिसजस्ता रोगमा प्रयोग हुन्छ।

यो उपचार पद्धति कुन उमेरमा गर्ने हो ?
यो बच्चादेखि वृद्धासम्म गर्न मिल्छ। यसमा उमेरको अनुपात छैन। नेपालमा यो उपचार सुरु भएको धेरै वर्ष भइसकेको छ। यसमा सुरुवाती अवस्थामा आयो भने धेरै राम्रो हुन्छ। जति ढिलो भयो त्यत्ति नै धेरै समय उपचार गर्नुपर्ने हुन्छ।

बिरामी समस्या लिएर आइसकेपछि उपचार कसरी गरिन्छ ?
सुरुमा हामी सामान्य उपचार गर्छौँ। पहिला डाइग्नोसिस् गरेर आवश्यक परेमा ल्याब परीक्षण गरेर के भएको हो भनेर पत्ता लगाएपछि अकुपन्चर सुरु हुन्छ। रोग पत्ता लागेपछि कति समय उपचार गर्नुपर्छ भनेर सम्बन्धित चिकित्सकले भन्नुहुन्छ। सामान्यतया यो दुई हप्ताको हुन्छ। धेरैलाई दुई हप्ताको उपचारले राम्रो सुधार हुन्छ। कतिपय दीर्घरोगहरू ठिक भएन भने समय थप गर्दै उपचार गर्नुपर्छ।

एक पटक उपचार गरेपछि त्यो दोहोरिने सम्भावना कति रहन्छ ?
यो दोहोरिने सम्भावना रोगको प्रकारमा भरपर्दछ। यो चाहिँ रोग हेरेर मात्र भन्न सकिन्छ। प्यारालाईसिसको केसमा दुई हप्तामै उपचार हुन सक्दैन। त्यसको उपचारलाई समय चाहिन्छ।

बाहिर बोर्डमा मसिनो मसिनो सुइले खोपेको देखिन्छ यो लगाउने कसरी हो ?
पहिला बिरामीको कहाँ कहाँ लगाउने हो एकुपोइन्ट हुन्छ। पहिला लोकेसन पत्ता लगाउने काम हुन्छ। त्यसपछि मात्र उपचार हुन्छ। त्यो लोकेशनमा स्टेरलाइज गर्ने स्प्रिडसवले पुछ्ने र एकुपोइन्टमा ‘फिलिफर्म’ नामक सियोले घोचिन्छ।

यो शरीरको कुनकुन भागमा राख्ने हो ?
यसमा हाम्रो शरीरमा चाहिने धारणा अनुसार १४ वटा नियमित मेजिटेरीयन हुन्छ। त्यसको सटिक बिन्दुमा एक्युपोइन्ट हुन्छ। शरीरमा एक प्रकारको ‘थ्री’ को फ्लो हुन्छ। कुनै कारण त्यो थ्रीको फ्लो ब्लक भयो भने अकुपन्चरले त्यसलाई खोल्ने हो। त्यसलाई एक्युपोइन्टमा राखेर त्यो ब्लक खोलेर उपचार सुरु हुन्छ।

ब्लक भएको ठाउँमा राख्ने पोइन्ट व्यक्ति अनुसार धेरै थोरै राख्ने हो ?
यो रोगमा यति वटा पोइन्ट राख्ने भनेर सामान्य प्रोटोकल नै हुन्छ। त्योबाहेक शरीरको भागमा जहाँजहाँ दुखेको हुन्छ त्यहाँत्यहाँ पनि लगाइन्छ।

यो विधि सबैको पहुँचमा छ ?
नेपालको सन्दर्भमा सरकारी तवरमा यो नरदेवी आयुर्वेद चिकित्सालयमा छ। अन्य संस्थामा पनि छन्। काठमाडौं बाहिर रामेछाप र झापामा छ। निजी अस्पताल विभिन्न ठाउँमा छन्। खर्चको हिसाबले सरकारीको शूल्क न्यून छ। निजी अस्पतालमा अलि बढी नै शुल्क लाग्नसक्छ।

अकुपन्चर विधिबाट उपचार गर्दा तत्काल निको हुने हो ?
यो रोगसँग सम्बन्धित हुन्छ। कुनै पनि रोग लागेको सुरुमा आएको छ भने छिटो निको हुन्छ। अलि रोग छिप्पिएपछि गर्दा समय लाग्छ। त्यसैले नशा सम्बन्धी कुनै रोग भए समयमा नै अकुपन्चर गराउनुपर्छ।

यो विधि के के कुरामा ध्यान दिने ?
त्यसको लागि सबै भन्दा पहिला अनुभवी डाक्टरको माग गर्नु पर्दछ।

आयुर्वेदिक तवरबाट कति शिक्षा हासिल गरेपछि यो उपचार गर्न सकिन्छ ?
एकेडेमिक रूपमा जोरपाटीमा एउटा कलेज छ। त्यहाँ पिसिए लेबलको पढाइ हुन्छ। त्यहाँबाट उत्पादित जनशक्तिले प्राक्टिस गर्न पाउँछन्। पहिला पहिला अकुपन्चरको तालिम पनि भएको रहेछ। उनीहरूले पनि काम गर्न पाए र कोही इन्डियाबाट आएका अनुभवी डाक्टरले गर्न सक्छन् अरूले भने काम गर्न पाएन। अरूले गरेको हेरेर गर्ने पनि धेरै छन् तर त्यो गर्नु हुँदैन।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : ०८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र