१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाल र भारत मैदानमा | Khabarhub Khabarhub

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाल र भारत मैदानमा


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा जारी खेलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर  ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो ।

भारतले सिधै क्वाटरफाइनल खेलेको हो भने समूह ‘ए’ मा रहेको नेपालले मंगोसिया र माल्दिभ्सलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतसँग खेलेको हो । नेपाल टि–२० अन्तर्राष्ट्रियमा १६औँ स्थानमा रहेको छ भने भारत पहिलो स्थानको टोली हो । 

एक दिवसीय अन्तर्राष्ट्रियमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो । 

नेपालको तर्फबाट आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

यस्तै भारतका तर्फबाट कप्तान ऋतुराज गायकवाड, यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : १५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको