आल्प्स अर्थात् सुन्दर पहाडी शृङ्खला। इटालीको आल्प्समा सुडानीको लामो लस्कर लागेको छ। उनीहरू चप्पल फुकालेर बुट लगाउने तरखरमा छन्।
यो अग्रसरताको मूल कारण भनेको ट्रेकिङको शैलीमा त्यहाँबाट हिँड्नु हो। यसरी हिँड्नुको कारण भनेको युरोपमा आफूलाई व्यवस्थापन गर्ने स्थानको खोजी हो। त्यस भीडमा केही अफगानीहरू पनि मिसिएका छन्। एउटा क्याम्पसमा रहेका स्वंय सेवकको आँखा छल्न उनीहरू माहिर छन्।
अफ्रिका र मध्यपूर्वबाट त्यहाँ पुगेका उनीहरूको लक्ष्य फ्रान्स र अन्यत्र कतै हो। यस वर्ष मात्र १ लाख ३० हजार जना फ्रान्स पुगेका छन्। सन् २०२१ को यसै समयमा भन्दा यो समयको आँकडा दुई गुना हो।
डुङ्गाको प्रयोग गरेर दक्षिणी इटाली पुग्नेको सङ्ख्या पनि त्यत्तिकै छ। उत्तरको सीमा पार हुँदै फ्रान्स पुग्नेको सङ्ख्या पनि यस वर्ष दुई गुना भएको छ।
फ्रान्स अध्यागमन अधिकारीले पनि पुरा डकुमेन्ट नभएका आप्रवासीलाई समाउने र फिर्ता गराउने काम गरेका छन्। कतै फ्रान्सको यो भूमिका सेन्जन फ्री मान्यताको विरोधी त होइन भन्ने देखिएको छ।
युरोपेली कोर्ट अफ जस्टिसले यसरी फिर्ता गराउने काम युरोपेली युनियनको मापदण्ड विपरीत भएको तथा यो अन्तिम चरणको विकल्प मात्र भएको जनाएको छ।
नाइजेरियाका ओमार यसैको एक उदाहरण हुन्। उनले लिबियामा एक महिना बिताएर स्मगलरलाई आठ सय अमेरिकी डलर बराबरको रकम बुझाएर फ्रान्सको यात्रा तय गरेका थिए। उनी भू-मध्य सागरीय बाटो हुँदै लाम्पेडुसामा पुगेका थिए।
त्यसपछि उनी जुनसुकै भए पनि इटालीका दुई क्याम्पमा पुग्नुपर्ने छ। इटालीको सीमा पार गर्दै निस्केपछि फ्रान्सको सीमा पार नगरेसम्म उनको दुःखको कथा बाँकी नै रहने छ। अहिले नै गोडामा चोट बोकेका उनको उद्देश्य त्यहाँ पुगेर राम्रो अध्ययन गर्ने भन्ने नै हो। उनले पनि फ्रान्स बेलायतमा धेरै जना आप्रवासीहरू शरणार्थीको प्रयास गर्दा असफल भएको सुनेका छन्। उनलाई यस विषयमा धेरै चिन्ता पनि लागेको छ।
‘मेरा आमा बाबुले यो कुरा सुनेमा यस कुरामा धेरै नै दुखी हुने छन्,’ उनले भने। त्यहाँ असफल हुने कथा अन्य पनि धेरै छन्। इटालीका धेरै कार ड्राइभर प्रहरी चेकिङ पार गर्न कठिन भएपछि बाटो घुमाइ रहेको दृश्य देख्न सकिन्छ। इटालीको प्रहरीको आँखा छल्न मानव तस्कर माहिर छन्।
एक कार ड्राइभरकै अनुसार प्रहरीले सबै कुरा देखेर पनि नदेखेको जस्तो गरेको हो। गत साता इटालीकी प्रधानमन्त्री जर्जीया मेलोनीले आप्रवासीलाई सहयोग गर्ने जर्मन गैर सरकारी संस्थाको खुलेर आलोचना गरेकी थिइन्।
उनको आरोप थियो कि ती एनजिओका कारण कारण इटालीमा आप्रवासी समस्या बढ्दो छ। पहाडको बाटोमा यसरी मानिस हिँड्नु सबै युरोपको चासो र चिन्ताको विषय भएको इटालियन प्रधानमन्त्रीको ठहर छ।
क्लेभरेजबाट बस चढेपछि उनीहरू इटालीको सीमा पुग्छन्। कोही हिम्मत गरेर मूल बाटो नै प्रयोग गर्छन्। कसैको मूल बाटो प्रयोग गर्ने हिम्मत नै हुँदैन। यसरी जङ्गलको बाटो हिँड्ने कतिपयले त्यही यात्राको क्रममा ज्यान गुमाउने गरेका छन्।
यसबाहेक अन्यले फरक बाटो पनि रोज्ने गरेका छन्। इटालीको तटीय क्षेत्र भेन्टीमीजीलाको बाटो तय गर्दै नाइसमा प्रवेश गर्नेहरूको समूह पनि पाइन्छ।
त्यहाँबाट उनीहरू रेलको यात्रामा फ्रान्स पुग्ने गरेका छन्। पछिल्लो समय फ्रान्सेली प्रहरी पनि चनाखो हुन थालेका छन्। उनीहरू इटालीबाट आएका हरेक रेलका यात्रुको डकुमेन्ट परीक्षण गर्न चुक्दैनन्।
एक जना अफ्रिकी आप्रवासी पक्राउ गरिएर इटाली मै फर्काइएको थियो। उनी भने अर्को पटक फेरि त्यसै किसिमको प्रयासमा मस्त थिए। यसरी आप्रवासीको बढ्दो उपस्थितिले भेन्टीमीगलीसयाको मेयरको पनि टाउको दुःखी सकेको छ।
दक्षिणपन्थी मेघा पार्टीका मेयर फ्लाभियो डी मुराले फ्रान्सको भूमिका सेन्जन फ्री मान्यताको विरुद्धमा भएको आरोप लगाएका छन्। उनले यस सवालमा युरोपेली युनियनले नै काम नगरेको जिकिर गरेका छन्। ‘हरेक व्यक्तिको आप्रवासीको विषयमा आफ्नै मत र मान्यता हुन्छन्’, उनले भने ‘मैले अब यहाँ चिहान घरको निमित्त काम गर्नुपर्ने समय समय आइसकेको छ। किनकी हरेक जोखिमको बाटो तय गर्दै आप्रवासीले यात्रा गरिरहेका छन्।’
उनले यो क्षेत्र आप्रवासीको क्षमता सहन सक्ने अवस्थाबाट बाहिर आएको बताउँदै यसले उत्तरी क्षेत्रलाई समेत असर गर्ने आशय व्यक्त गरेका छन्।
अल्पाइन सिमानामा अहिलेको शरदको समयमा नै तापक्रम घट्न थालेको छ। रातको समयमा यात्रा गर्नेको हालत जे पनि हुनसक्छ। रातभरी आप्रवासी चर्चको छत मुनी कठ्याङग्रीएर बस्ने गरेका छन्। यस कारण यो आप्रवासी समस्याले पिरोलेको छ। फ्रान्स र इटालीको सम्बन्धमा पनि यसले केही न कहीँ बिथोलेको छ।
पहाड पार गर्नका लागि जबरजस्ती बत्ती बालेर यात्रा गर्ने पनि त्यहाँ हुन्छन्। रेडक्रसका कर्मचारीमा भने मानवता हराएको छैन। उनीहरू खाद्यान्न र आवासको व्यवस्था गराउन तल्लीन छन्।
आल्पसको पहाडी बाटो र भेन्टेमेजीलीयाको रेलको यात्रा तय गरेपछि युरोप यात्राका लागि नयाँ कष्टको कथा सुरु हुनेछ। उनीहरूले गरेको दुखले युरोपलाई झस्काएको छ।
संसारका हरेक निम्न तथा मध्यम आय भएका देशका नागरिकको युरोप मोह बढ्दो छ। सरल र वैध बाटोमा त्यहाँ पुग्न नसक्नेहरूको पनि युरोप यात्राको चासो बढेको छ। सबै भन्दा युरोप जान चाहनेमा गरिब तथा गृह युद्धपीडित देशका नागरिक छन्।
जलवायु परिवर्तन, रुसको युरोप माथिको आक्रमण, ऊर्जा संकट र पछिल्लो समय धेरै देशमा ओरालो लागेको अर्थतन्त्र संसारकै चुनौती हो। यो चुनौतीको बीचमा युरोपमा आप्रवासी समस्याको चुनौती थपिएको छ। जुन समस्याले सेन्जन फ्री मान्यतालाई नै चुनौती दिएको छ। स्रोतः बीबीसी