प्रधानमन्त्री दाहाल र एमसीसीकी कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता  « Khabarhub

प्रधानमन्त्री दाहाल र एमसीसीकी कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता 


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट बीच भेटवार्ता भएको छ।

आइतबार साँझ नेपाल आएकी अल्ब्राइटले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन् ।  हिजो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन ।

प्रधानमन्त्री दाहाल र अलब्राइटबीच एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।  

नेपालमा एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिना भएको छ । सो परियोजना कार्यान्वयनमा आएपछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँ आएको हो। गत भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो ।

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको एमसीसी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।