एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त, भारतसँग २३ रनले पराजित | Khabarhub Khabarhub

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त, भारतसँग २३ रनले पराजित


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा आज बिहान भएको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।

भारतले जितका लागि दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रनमा समेटियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोडे । यस्तै, सन्दीप जोरा र कुशल मल्लले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ तथा आसिफ शेखले १० रन बनाए ।

भारतका रवि विश्रोई र आवेश खानले ३–३ विकेट लिए । यस्तै, अर्शदीप २ र साई किशोरले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो ।

भारतका यशस्वी जयसवालले एक सय रनको शतक पूरा गरे । यस्तै, रिंकु सिंहले ३७, कप्तान ऋतुराज गायकवाड र शिवम दुवेले २५–२५ रन बनाएका थिए ।

नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : २७ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार