नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई जरिवाना | Khabarhub Khabarhub

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई जरिवाना


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । 

नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई रु ५० हजार जरिवाना गर्ने भएको हो ।

नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई नगरपालिकाले जरिवाना गर्ने जनाएको छ । 

‘नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन गर्ने कार्यका लागि तीनपटक सार्वजनिक सूचना जारी गरिएकोमा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन्’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले भने, ‘त्यही भएर नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरणमा रोक लगाइएको छ ।’

उनका अनुसार ठेक्का बन्दोबस्तको काम गर्न केही समय अझै लाग्ने भएकाले कार्यपालिकाको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाइएको छ । 

नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाए पनि निर्वाधरूपमा ओसारपसारको काम भने भइरहेको छ ।

मछेली, वनहरालगायतका नदीबाट लुकीचोरी नदीजन्य पदार्थको ओसारपसारको कार्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : २८ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने