अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली « Khabarhub

अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन– स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी टोली गठन गरिएको हो । टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल छन् ।

यसैगरी अनुसन्धान अधिकृत अजय शर्मा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्राडा सुदीपराज केसी, चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाइ र निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारी रहेका छन् । सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द वंश न्यौपाने छन् ।

सो अवसरमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा एवं बिरामीलाई प्रभावकारी चिकित्सकीय सेवा प्रदान गर्ने सन्दर्शमा प्रचलित ऐन कानुनको प्रावधान र चिकित्सकले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : ५६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया