दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तरराष्ट्रिय पुरस्कार « Khabarhub

दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तरराष्ट्रिय पुरस्कार


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल फ्युचर पोलिसी अवार्ड २०२३ बाट सम्मानित भएको छ । नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीति २०२९ का लागि यो पुरस्कार प्रदान गरिएको हो ।

यस पुरस्कारलाई उत्कृष्ट नीतिहरूलाई दिइने पुरस्कारहरूको ‘ओस्कर पुरस्कार’ पनि भनिन्छ । विश्वलाई प्रदूषणमुक्त बनाउनका लागि बनाइने नीतिहरूलाई नजिकबाट हेरी उत्पादन र अभ्यासहरूमा खतरनाक रसायनहरूको प्रयोगलाई नियमन गर्ने, बालबालिका र उनीहरूको वातावरणमा केन्द्रित रहेर सरकारले यो नीति कार्यान्वयनमा ल्याएको छ ।

पन्ध्र वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराउने महिलामा डेन्टल अमल्गमको प्रयोगमा तत्काल प्रतिबन्ध लगाउने र अन्य सबैमा जतिसक्दो चाँडो पूर्णतया उन्मूलन गर्ने लक्ष्य राखेको यो एसियाकै पहिलो नीति हो । यस वर्ष खेलौनासम्बन्धी कानुनमा भियतनाम, कस्मेटिकसम्बन्धी कानुनमा रुवान्डा र प्याकेजिङ वस्तुसम्बन्धी कानुनका लागि डेनमार्कलाई पुरस्कृत गरिएको छ ।

नेपालमा मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति, नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सन् २०१९ अगस्त २१ को मन्त्रिस्तरीय निर्णयले पारित गरेको थियो । यस नीतिले १५ वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराइरहेका महिलामा मर्करीको सम्पर्कबाट जोगाउनका लागि सबै मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गम प्रयोगमा तुरुन्त प्रतिबन्ध लगाएको थियो भने पाँच वर्षभित्र अन्य सबै उमेर समूहका मानिसमा पनि डेन्टल अमल्गम प्रयोगमा पूर्णतया: प्रतिबन्ध लगाइएको छ ।

जर्मनीको बोन सहरमा हालै सम्पन्न केमिकल व्यवस्थापनसम्बन्धी पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले सो पुरस्कार ग्रहण गरेका थिए। सो अवसरमा उनले यस पुरस्कारले मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा नीतिको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। सम्मेलनमा नेपालले वैकल्पिक मर्करीमुक्त डेन्टल फिलिङको प्रयोग अपनाएर मर्करी प्रदूषणको जोखिमलाई उल्लेखनीय रूपमा कम गरेकामा प्रशंसा गरिएको थियो ।

सो नीतिपछि मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने प्रयासहरू डिजिटल थर्मोमिटर, डिजिटल वा एनरोइड स्फिग्मोमानोमिटर र मर्करी मुक्त दन्त  फिलिङ्हरू जस्तैः जिआइसी, कम्पोमर र कम्पोजिट फिलिङ्जस्ता सुरक्षित मर्करी मुक्त विकल्पहरू सफलतापूर्वक प्रयोग भइरहेको यस क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) का कार्यकारी निर्देशक रामचरित्र साहले बताए।

मर्करी विषाक्त भारी धातु हो । यसले विशेषगरी बालबालिका, गर्भवती र स्तनपान गराउने महिलाहरूमा धेरै नकारात्मक प्रभाव पार्दछ । डेन्टल अमल्गम तयार गर्न अन्य धातुको मिश्रणमा मर्करी मिसाइएको छ । वातावरण मन्त्रालयले मिनामाता मर्करी महासन्धिको तत्काल अनुमोदन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १२ : २० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल