नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा « Khabarhub

नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर एवम् एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाडौँको दरबारमार्गमा मंगलबार आयोजित ‘एसियामा आर्थिक विकास : विगत र भविष्य’ विषयक साक्षत्कार कार्यक्रममा पूर्वगर्भनर कुरोदाले विशिष्ट प्रकारको अर्थतन्त्र रहेको नेपालमा आर्थिक वृद्धिको सम्भावना रहेको बताएका हुन् ।

कार्यक्रममा उनले नेपालमा प्रशस्त मात्रामा मानव स्रोत रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नसके आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । दुई ठूला छिमेकी भएका कारणमात्रै नेपाल सानो मुलुकजस्तो लागेपनि औसत युरोपेली मुलुकको तुलनामा नेपाल आकार र जनसङ्ख्याका आधारमा ठूलो रहेको उनको भनाइ छ ।

विदेशमा रहेका जनशक्तिसँग, पुँजी, प्रविधि र सीपको पहुँच हुने भन्दै उनले आर्थिक विकासका लागि त्यस्ता जनशक्ति महत्वपूर्ण हुने बताए । भारत र चीनजस्ता एसियाली अर्थतन्त्रले विदेशिएका जनशक्तिलाई स्वदेश फर्काएको उदाहरण दिँदै उनले विदेशिएका जनशक्तिलाई नेपालले पनि स्वदेश फर्काउनसक्ने जिकिर गरे ।

अहिलेको समयमा आर्थिक विकासका लागि सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । वातावरणका हिसाबमा नेपाल उपयुक्त मुलुक रहेको भन्दै उनले प्रचुर मात्रामा जंगल रहेकाले विश्वव्यापी कार्बन उत्सर्जन कटौतीमा पनि नेपालले सकारात्मक भूमिका निर्वाह गरेको उल्लेख गरे । यस्तो अवस्थामा नेपालले आफ्नो वातावरण नीतिलाई अरु देशमा पनि निर्यात गर्नसक्ने उनको भनाइ छ ।

कार्यक्रममा उनले एसियाली देशमा आर्थिक विकासको ठूलो सम्भावना रहेको भएपनि मुख्यगरी चार वटा महत्वपूर्ण चुनौति रहेको बताए । पछिल्लो समय देखिएको भूराजनीतिक खिचातानी, पानीको अभाव, मौसम परिवर्तन, बढ्दो बुढ्यौली उमेरका जनसङ्ख्या अहिले एसियाली मुलुकको अर्थतन्त्रमा प्रमुख चुनौतिका रुपमा देखिएको उनको भनाइ छ ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबको आयोजना तथा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड, एसियाली विकास बैंक, द एसिया फाउन्डेसन, नबिल बैंक, कुमारी बैंक, एनएमबी बैंक, प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा आयोजित कार्यक्रमकमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दु लोहनीले सहजीकरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका आईएसएसआरका अध्यक्ष नरेश श्रेष्ठले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै आईएसएसआरले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : २४ बजे

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ